काठमाडौं । एनएमबी बैंक लिमिटेडले ग्रीन फाइनान्सिङ्ग, जलवायु फाइनान्सिङ्ग र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन यूएसएआइडी ट्रेड एण्ड कम्पिटिटीभनेससँगको सहकार्य पत्रमा हस्ताक्षर गरेको छ ।
यस सहकार्य अन्तर्गत बैंकले दिगो रूपमा लघु, साना र मझौला व्यवसायहरुको लागि वित्तीय पहुँच बढाउने जनाएको छ । सहकार्यले प्रमुख केन्द्रमा रहेको कृषि, पर्यटन र डिजिटल सेवाहरूसँग सम्बन्धित आर्थिक अवसरहरूमा सहभागी हुन महिला, युवा र सीमान्तकृत समूदायलाई ऐक्यबद्घ हुन प्रवद्र्र्घ्न गर्नेछ ।
युएसएआइडी ट्रेड एण्ड कम्पिटीटीभनेस पाँच वर्षको १८.९ मिलियन अमेरिकी डलरको सहयोग हो जसले नेपाललाई उच्च गुणस्तर र उच्च मूल्यको निर्यातमा विविधता ल्याउन, आर्थिक रुपले पिछडिएकाहरुको लागी दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरू बढाउनको लागि विश्वव्यापी पूँजीकरण एकिकृत गर्न सक्षम बनाउँछ र स्थिरतामा सघाउ पु¥याउछ ।