काठमाडौं । अरुण काबेली पावरको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
कम्पनीले आव २०७८/७९ को नाफाबाट वितरण गर्ने १० प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि कम्पनीको सेयर मूल्य ३६२.७३ रुपैयाँ कायम भएको छ ।
यही समायोजित मूल्यका आधारमा आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ। नेप्सेले बिहीबार कारोबार भएको अन्तिम मूल्यका आधारमा सेयर मूल्य समायोजन गरेको हो ।
कम्पनीले आव २०७८/८९ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.७८ प्रतिशत नगद गरी कुल १०.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।