बाराही हाइड्रोपावरको आइपीओ भर्ने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीकाे प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने म्याद थप भएको छ ।

कम्पनीले कात्तिक ४ गतेदेखि आयोजना प्रभावित क्षेत्र बाग्लुङबासीका लागि आइपीओ विक्रीमा ल्याएको आइपीओ भर्ने म्याद कात्तिक २५ गतेसम्म थप भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २ करोड ५० लाख रुपैययाँ बराबरको २ लाख ५० हजार कित्ता सेयर विक्रीमा ल्याएको हो ।

उक्त आइपीओमा जिल्लाका जैमिनी नगरपालिकाको वडा नं. १, ४ र ५ ९साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस० तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । लगानीकर्ताले एनएमबी बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

साथै, नेपाल धितोपत्र बोर्डबाट अनुाति प्राप्त सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका ताकिएका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

एनएमबी बैंक र यूएसएआइडी ट्रेड एण्ड कम्पिटीटीभनेस बीच समझदारी Read Previous

एनएमबी बैंक र यूएसएआइडी ट्रेड एण्ड कम्पिटीटीभनेस बीच समझदारी

थप २२ मेगावाट बिजुली भारत निर्यातका लागि नेपालले पायो अनुमति Read Next

थप २२ मेगावाट बिजुली भारत निर्यातका लागि नेपालले पायो अनुमति