‘ओपो रेनो टु एफ’ बुधबारदेखि नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । ‘ओपो रेनोटु एफ’ बुधबारदेखि नेपाली बजारमा आउने भएको छ। सार्वजनिक हुने तयारीमा रहेको रेनो टू एफमा चार क्यामेरा सेटअप, ८ जिबी र्याम, हिडन फिंगर प्रिन्टलगायत विभिन्न फिचर्सहरु उपलब्ध रहेका छन्।

 

फोनमा उपलब्ध चार क्यामेरामा ४८एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २एमपी पोट्रेट लेन्स रहेका छन्।

 

यसमा रहेका वाइड एंगल लेन्स र सोलुप भिडियो एडिटरका कारण रेनोटू एफको भिडियो खिच्ने क्षमतापनि उत्तिकै सटिक रहेको छ ।

 

साथै ब्याट्री लामो समयसम्म टिक्ने, आकर्षक फोटोग्राफी, डिजाइनलगायतका सुविधा पनि रहेको छ। ओपो रेनोटू एफले रेनो सिरिजको रचनात्मकता (क्रियटिव) जिन आफूमा पनि समेटेको छ।

 

ओपोले गेमर्सका लागि ब्याट्रीको महत्वका बारेमा पनि रेनोटू एफमा उत्तिकै ध्यान दिएको छ। जसका लागि कम्पनीले फोनमा ४ हजार एमएएच (टीवाईपी) ब्याट्री जडान गरेको छ।

 

साथै कम्पनीले फोनमा भोक फ्ल्याश चार्ज ३.० प्रविधि उपलब्ध गराएको छ । भीएफसी फास्ट चार्जिङ अल्गोरिथमले प्रत्यक्षरुपमा ट्रिक्लिङ चार्जिङको गति बढाएर मात्र ३० मिनेटको समयमा ५१% चार्ज गर्ने क्षमता राख्छ।

 

फोनको मूल्य भने कम्पनीले बुधबार नै सार्वजनिक गर्ने बताएको छ।

नेशनल लाईफको साधरण सभा कार्तिक २४ मा, बुकक्लोज कहिले Read Previous

नेशनल लाईफको साधरण सभा कार्तिक २४ मा, बुकक्लोज कहिले

दशैंपछि पनि सुध्रिएन सेयर बजार, दोहोरो अंकको गिरावट Read Next

दशैंपछि पनि सुध्रिएन सेयर बजार, दोहोरो अंकको गिरावट