काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले ३१ औं वार्षिक साधरण सभा कार्तिक २४ गते बोलाएको छ । शुक्रबार बसेको सञ्चालक समितिको ४ सय १८ औं बैंठकले उक्त निर्णय गरेको हो। साधरण सभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा विहान १०ः३० बजे शुरु हुनेछ ।
कम्पनीले साधारण सभामा अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको कूल १४.५० प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव लैजाने छ । कम्पनीले १२ प्रतिशत नगद लाभांश र २.५० प्रतिशत बोनस सेयर दिने घोषणा गरिरहेको छ ।
यस्तै साधारण सभाले शेयर संरचना पनि परिवर्तन गर्ने भएको छ। कम्पनीको शेयर पूँजीमा सर्वसाधारण सेयर धनीको हाल ३५ र संस्थापक शेयरधनीको ६५ प्रतिशत शेयर हिस्सा छ। अब सर्वसाधारण शेयर धनीको ४९ र संस्थापक शेयरधनीको ५१ प्रतिशत हुनेगरि सेयर संरचना परिवर्तन गरिने भएको हो।
साधारण सभा प्रयोजनको लागि कम्पनीले कार्तिक १० गते देखि २४ गते सम्म बुकक्लोज मिति तोकेको छ । त्यसअनुसार कार्तिक ७ गते बिहीबारसम्म कायम सेयरधनीले मात्रै कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन्