कनेक्ट आइपीएसबाट दैनिक २ लाखसम्म फण्ड ट्रान्स्फर गर्दा शुल्क नलाग्ने

काठमाडौं । कनेक्ट आइपीएस मार्फत दैनिक २ लाख रुपैयाँसम्म फण्ड ट्रान्स्फर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ ।

नेपाल क्यिलरिङ हाउस (एनसीएचएल)ले तिहार तथा छठको अवसरमा मोबाइल बैंकिङबाट कनेक्ट आइपीएसमार्फत दैनिक २ लाख रुपैयाँसम्म फण्ड ट्रान्सफर गर्दा शुल्क नलाग्ने जनाएको हो ।

एनसीएचएलले तिहार तथा छठको अवसरमा मोबाइलमा आधारित फण्ड ट्रान्स्फरलाई थप प्रबद्र्धन गर्नका निम्ति यस्तो अफर ल्याएको हो । यो अफर कात्तिक ७ गते देखि १३ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

चाडपर्वको बेलामा नगदको सट्टा मोबाइलमा आधारित फण्ड ट्रान्सफर गर्न थप प्रोत्साहन गर्नका निम्ति बैंक वित्तीय संस्थासँगको समन्वयमा यो अफर लागू गरिएको एनसीएचएलले जनाएको छ ।

फण्ड ट्रान्सफर गर्न आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरी, फण्ड ट्रान्सफर वा सेन्ड मनीमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपीएसलाई छनोट गर्नुपर्नेछ ।

हाल मोबाइल बैकिङमा रहेको कनेक्ट आइपीएसमार्फत प्रतिदिन प्रतिकारोबार २ लाखसम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।

सूर्यविनायक-साँगा सडक विस्तारका लागि ठेक्का आह्वान, साँगामा २ किमी छुट्टै नयाँ सडक बनाइने Read Previous

सूर्यविनायक-साँगा सडक विस्तारका लागि ठेक्का आह्वान, साँगामा २ किमी छुट्टै नयाँ सडक बनाइने

तिहारलाई नेप्सेको हरियो झण्डा, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Next

तिहारलाई नेप्सेको हरियो झण्डा, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी