काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । तिहार अघिको अन्तिम कारोबार दिन आइतबार नेप्से दोहोरो अंकले बढेको हो ।
सूचकमा सुधार आए पनि कारोबार रकममा भने बढोत्तरी आउन सकेको छैन । आज जम्मा आत्रा अर्बको सेयर किनबेच भएको छ ।
आज नेप्से १४.३५ अंकले बढेर १८५८.४९ विन्दुमा पुगेको छ । यसदिन २२१ कम्पनीको ५१ करोड ६८ लाख रुपैयाँ बढीको १५ लाख ३८ हजार४२ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटल र सामूहिक लगानी कोष बाहेक अरु सबै समूहको परिसूचकमा हरियाली छाएको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १.२२ प्रतिशतले बढेको छ ।
आज एभरेष्ट बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ५ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, नबिल र नेपाल बैंक ३÷३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले बढेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । रुरु जलविद्युत् र सयपत्री हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, सिटिजन्स म्युचुअल फण्ड १’ को ७.८०, जनउत्थान लघुवित्त ४.१४, किसान लघुवित्त ४.०४, मिथिला लघुवित्त, सानिमा बैंक, अपर हेवाखोला र नेशनल हाइड्रोपावरको सेयर मूल्य साढे ३ प्रतिशतले बढेको छ ।