तिहारका बिदामा निगमका पेट्रोलपम्प बन्द नहुने, यी १३ डिपो खुल्ने

काठमाडौं । नेपाल आयल निगमले तिहार तथा छठको बिदामा पेट्रोलियम पद्धार्थ अभाव हुन नदिन आफ्ना डिपोहरू खुला राख्ने भएको छ ।

तिहारकोे बेला पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि निगमले देशका विभिन्न ठाउँका १३ वटा डिपोहरू खुला राख्ने भएको हो ।

अन्य समयकोभन्दा तिहारमा सवारीको चाप बढ्ने भएकाले त्यसलाई मध्येनजर गर्दै सबै पेट्रोलपम्महरू खुल्ने निगमले जनाएको छ । पप्पहरूलाई सहजै तेल आपूर्ति गराउन बिदाका दिनमा पनि १३ वटा डिपोहरू खुला हुने निगमको भनाइ छ ।

निगमका अनुसार कातिक ७, ८ र ११ गते प्रदेश १ को विराटनगर र मधेश प्रदेशको अमलेखगंजमा डिपो खुला हुनेछ ।

यसैगरी वाग्मतीको थानकोट र गण्डकीको पोखरामा कातिक ८, ८ र १२ गते खुला हुनेछ । कातिक ८ र ११ गते लुम्बिनीको भैरहवा र कर्णाली प्रदेशको सुर्खेतमा डिपो खुला हुने निगमले जनाएको छ ।

यस्तै, कातिक ७ र ११ गते सुदूरपश्चिमको धनगढीमा, शाखा कार्यालय चारआली डिपो खुला हुनेछ । यसैगरी, कात्तिक ७ र १३ गते नेपालगंज, धनुषा, वीरगंज, दाङ र दिपायलमा पनि ७ र १३ गतेसम्म निगमको डिपोहरु खुला हुनेछन्।

असोजमा बैंकको व्यापार : कर्जा र निक्षेप दुवैमा आक्रमक बन्दै इन्भेष्टमेन्ट, कुनको कति ? Read Previous

असोजमा बैंकको व्यापार : कर्जा र निक्षेप दुवैमा आक्रमक बन्दै इन्भेष्टमेन्ट, कुनको कति ?

उद्योगमा जाने लगानी बैंकमा 'डाइभर्ट' हुँदै, ब्याज खाँदा फाइदा हुने भएपछि कसले गर्छ लगानी ? Read Next

उद्योगमा जाने लगानी बैंकमा 'डाइभर्ट' हुँदै, ब्याज खाँदा फाइदा हुने भएपछि कसले गर्छ लगानी ?