झन्झन् घट्दै डलर संचिति, एक महिनामै घट्यो ७ करोड डलर

काठमाडौं । अमेरिकी डलर संचितिमा लगातार गिरावट आएको छ । चालु आर्थिक वर्ष सुरु भए यता डलर संचिति महिनैपिच्छे घटेको हो ।

पछिल्लो एक महिनाको अवधिमा राष्ट्रिय ढुकुटीबाट ७ करोड डलर घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो महिना (भदौ)को तथ्यांक अनुसार साउनको तुलनामा भदौमा डलर संचिति ७ करोडले घटेको हो ।

साउन मसान्तमा ९ अर्ब ४२ करोड डलर संचिति रहेकोमा भदौमा ७ करोडले घटेर ९ अर्ब ३५ करोडमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ । २०७९ असार मसान्तसम्म राष्ट्रिय ढुकुटीमा ९ अर्ब ५४ करोड डलर संचिति थियो ।

यस्तै, कुल विदेशी मुद्रा संचितिमा पनि गिरावट आएको छ । २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले कमी आई २०७९ भदौ मसान्तमा रु.११८९ अर्ब १६ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ भदौ मसान्तमा ०.५ प्रतिशतले कमी आई रु.१०५१ अर्ब ५३ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ भदौ मसान्तमा १३.७ प्रतिशतले कमी आई रु.१३७ अर्ब ६३ करोड कायम भएको छ । २०७९ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।

आज ३ कम्पनीको लाभांश पारित हुँदै, कुनको कति ? Read Previous

आज ३ कम्पनीको लाभांश पारित हुँदै, कुनको कति ?

रेमिट्यान्समा सुधार आउँदा विनिमय संचितिको दबाब कायमै, मूल्यवृद्धि नियन्त्रण बाहिर Read Next

रेमिट्यान्समा सुधार आउँदा विनिमय संचितिको दबाब कायमै, मूल्यवृद्धि नियन्त्रण बाहिर