सानिमा बैंक र पार्टनरशिप फर कार्बन एकाउन्टिङ फाइनान्स बीच साझेदारी

काठमाडौं । सानिमा बैंकले पार्टनरशिप फर कार्बन एकाउन्टिङ फाइनान्स (पीसीएएफ)सँग साझेदारी गरेको छ । जस अनुसार बैंकले आफ्नो वित्तिय गतिविधिबाट भएको हरितगृह ग्यास उत्सर्जनको गणना, समीक्षा र लेखाङ्कन गर्नेछ ।

पीसीएएफ विश्वभर रहेका विभिन्न वित्तीय संस्थाहरूले आफूले प्रवाह गर्ने ऋण र लगानीद्वारा उत्सर्जन हुने हरितगृह ग्यासको हार्मनाइज रुपमा लेखाङ्कन, मूल्याङ्कन तथा डिस्क्लोजर गरी प्रकाशन गर्ने वित्तीय संस्थाहरूको सहकार्य हो ।

पीसीएएफ मा विश्वभर छ वटा महादेशका ३०० भन्दा बढी वित्तीय संस्थाहरूकोे सहकार्य भैसकेको छ । साथै, उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एशिया प्रशान्तमा पनि तीव्र रुपमा विस्तार भइरहेको छ ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले यस साझेदारीबाट सानिमा बैंकले प्रदान गरेका कर्जाका क्षेत्रहरूबाट उत्सर्जन हुने हरितगृह ग्यासको वैज्ञानिक तवरले मापन गर्ने हुनाले भविष्यमा दिगो वित्तीय गतिविधि गर्नका लागि टेवा पुर्याउने बताए ।

सानिमा बैंकको सातै प्रदेशमा १२९ वटा कार्यालयहरू र १२२ एटीएमहरू संचालनमा छन् ।

तिहारमा प्लास्टिकको फूलमाला बेचे १ लाखसम्म जरिवाना Read Previous

तिहारमा प्लास्टिकको फूलमाला बेचे १ लाखसम्म जरिवाना

डिशहोममा रिचार्ज गर्दा राजनले जिते १ लाख Read Next

डिशहोममा रिचार्ज गर्दा राजनले जिते १ लाख