डिशहोममा रिचार्ज गर्दा राजनले जिते १ लाख

काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा जितपुर सिमरा उपमहानगरपालिका–१६, सखुवाघाटका राजन दाहालले नगद १ लाख रुपैयाँ जितेका छन् ।

डिशहोमको १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम सेवा पाइने अफर अन्तर्गत रिचार्ज गर्दा दाहालले लक्की ड्रमार्फत १ लाख नगद जितेका हुन् ।

श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्स हेटौडा को डिलर अन्तर्गत रहेको बारा, सखुवाघाटका सहवितरक गीता इन्टरप्राइजका डिलर दाइ राजेश थापा मगरकोमा एक वर्ष रिचार्ज गरेर दाहालले लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए ।

डिशहोमको तर्फबाट एरिया सेल्सम्यन्जेर सन्जिब कार्की, सेल्स अफिसर गौरव घिमिरे ,श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्सका शिवराम श्रेष्ठ ले विजेता दाहाललाई नगद १ लाख पुरस्कार हस्तान्तरण गरे ।

डिशहोमले हाल १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने अफर लागू गरिरहेको छ । यो योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले नजिकैको डिलरदाइकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।

साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु १ लाख जित्ने अवसर पाउने छन् ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाइलो एचडी, सरोकार टीभी नेपाः च्यानल, र डिशहोम सोकेसबाट हेर्न सक्नेछन् ।

सानिमा बैंक र पार्टनरशिप फर कार्बन एकाउन्टिङ फाइनान्स बीच साझेदारी Read Previous

सानिमा बैंक र पार्टनरशिप फर कार्बन एकाउन्टिङ फाइनान्स बीच साझेदारी

कोरोना बीमाको पौने २ अर्ब दाबी भुक्तानी दिइँदै, पहिला आवेदन दिनेलाई प्राथमिकता Read Next

कोरोना बीमाको पौने २ अर्ब दाबी भुक्तानी दिइँदै, पहिला आवेदन दिनेलाई प्राथमिकता