तिहारमा प्लास्टिकको फूलमाला बेचे १ लाखसम्म जरिवाना

काठमाडौं । तिहार, छठ लगायत चाडपर्वमा प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीको विक्री वितरण गरेमा १ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ । पाइएमा कारबाही हुने भएको छ ।

वन तथा वातावरण मन्त्रालयले प्लास्टिकजन्य फूलगुच्छा विक्री वितरण गरेको पाइएमा १ लाखसम्म जरिवाना लगाइने जनाएको हो ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै गत साउन १२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, विक्री वितरण वा भण्डारण पूर्ण रूपमा रोक लगाउने निर्णय भएको जानकारी गराएको छ।

तिहार र छठजस्ता चाडपर्वहरूमा यस्ता प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न र सरकारको निर्णयविपरीत कसैले प्रयोग गरेको वा विक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैयाँसम्म जरिवाना हुने र विभागबाट १ लाखसम्मको जरिवाना हुनेसमेत मन्त्रालयले जनाएको छ।

सरकारले जरिवाना हुने बताए पनि तिहार नजिकिएसँगै बजारमा भने प्लाष्टिकका फूलमाला विक्रीम राखेको पाइनछ ।

प्राइम लाइफ इन्स्योरेन्सको लाभांश घोषणा Read Previous

प्राइम लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सानिमा बैंक र पार्टनरशिप फर कार्बन एकाउन्टिङ फाइनान्स बीच साझेदारी Read Next

सानिमा बैंक र पार्टनरशिप फर कार्बन एकाउन्टिङ फाइनान्स बीच साझेदारी