शाइन रेसुंगा, पूर्णिमा र भागर्वको एकीकृत कारोबार शुरु

काठमाडौं । शाइन रेसुंगा, पूर्णिमा र भार्गव विकास बैंकबीच प्राप्ती (एक्विजिसन) प्रक्रिया सम्पन्न भई आज (असोज २७ गते) बाट एकीकृत कारोबार शुरु भएको छ ।

 

दुई वटा विकास बैंकहरुलाई प्राप्ती गरी शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आफ्नो नामबाट एकीकृत कारोबार शुरु गरेको हो ।

 

तीन वटै बैंकको संयुक्त निवेदनपछि राष्ट्र बैंकले असोज ९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असोज १६ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएका थिए ।

 

एक्वायर पश्चात बैंकको केन्द्रीय कार्यालय बुटवल उप–महानगरपालिका वडा नं ६ मा रहनेछ । हाल १० जिल्ला कार्य क्षेत्र रहेको शाइन रेसुंगाले दुई विकास बैंकहरूलाई प्राप्ति गरेसँगै राष्ट्रिय स्तरको विकास बैंक बनेको छ ।

 

एकीकृत कारोबारसँगै ६ सदस्यीय नयाँ सञ्चालक समिति समेत गठन भएको छ । सञ्चालक समितिको अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।

एभरेष्ट बैंकद्धारा आकर्षक लाभांश घोषणा, बोनस र नगद कति Read Previous

एभरेष्ट बैंकद्धारा आकर्षक लाभांश घोषणा, बोनस र नगद कति

अमेरिकामा अत्यासलाग्दो आर्थिक असमानता, पूँजीवादी अर्थव्यवस्था धरापमा पर्न थालेकै हो Read Next

अमेरिकामा अत्यासलाग्दो आर्थिक असमानता, पूँजीवादी अर्थव्यवस्था धरापमा पर्न थालेकै हो