एभरेष्ट बैंकद्धारा आकर्षक लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । एभरेष्ट बैंकले गत वर्षको नाफाबाट सेयरधनी लगानीकर्तालाई आकर्षक लाभांश दिने घोषणा गरेको छ ।

 

आइतबार बसेको बैंकको  सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट २५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

 

बैंकले ५  प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरी २० प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

 

नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउने छन् ।

 

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ६ करोड ६८ लाख ६३ हजार ६६९ रुपैयाँ रहेको छ ।

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक आजदेखि, इनर्जी बैंकिङ प्राथमिकतामा Read Previous

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक आजदेखि, इनर्जी बैंकिङ प्राथमिकतामा

शाइन रेसुंगा, पूर्णिमा र भागर्वको एकीकृत कारोबार शुरु Read Next

शाइन रेसुंगा, पूर्णिमा र भागर्वको एकीकृत कारोबार शुरु