अमेरिकामा अत्यासलाग्दो आर्थिक असमानता, पूँजीवादी अर्थव्यवस्था धरापमा पर्न थालेकै हो

हामीले भौतिक र आर्थिक विकासको तीव्र आकांक्षा राखिरहेका बखत भौतिक र आर्थिक विकासको चुचुरोमा पुगेका देशहरु भने फरक समस्याको चपेटामा पर्न थालेका छन् ।

 

भौतिक विकासको चुचुरोमा पुगेको अमेरिकामा कहालीलाग्दो आर्थिक असमानता देखापरेको छ । अमेरिकी फेडेरल रिर्जभले हालै प्रकाशित गरेको ‘डिस्ट्रिब्यूटिभ फाइनान्सियल अकाउन्टस’को तथ्याङ्कले चरम आर्थिक असमानताको अवस्था देखाएको हो ।

गत शुक्रबार प्रकाशित भएको विश्लेषणका अनुसार अमेरिकामा सन् १९८९ देखि टुप्पाका (आर्थिक दृष्टिकोणले) १ प्रतिशत मानिसहरुले २१ ट्रिलियन अमेरिकी डलर सम्पत्ति थुपारेका छन् भने तलका ५० प्रतिशत मानिसहरुले ९ सय अर्ब अमेरिकी डलर गुमाएका छन् ।

 

 

बामपन्थी ‘थिङ्क ट्याङ्क’ ‘पिपुल्स पोलिसी प्रोजेक्ट’का संस्थापक म्याट ब्रुनिगका अनुसार अमेरिकामा माथिका १ प्रतिशत मानिसहरुसँग ३० ट्रिलियन डलर बराबरको सम्पत्ति रहेको छ भने तलका मानिसरुसँग शून्यभन्दा पनि कम सम्पत्ति छ । अर्थात, उनीहरुसँग भएको सम्पत्तिभन्दा ऋण धेरै छ ।

 

ब्रुनिगका अनुसार विगत ३० वर्षमा बढेको आर्थिक असमानता कहालीलाग्दो छ । ‘अमेरिकामा यो आर्थिक असमानता सन् १९२० पछिको सबैभन्दा कहालीलाग्दो हो’, कंग्रेसनल प्रोग्रेसिभ काउकासका सह–अध्यक्ष प्रमिला जयपाल बताउँछिन् ।

 

हाल संसारभर अमेरिकाले नेतृत्व गरेको पूँजीवादी अर्थव्यवस्था र लोकतान्त्रिक शासन पद्धतीको वैकल्पिक प्रणाली वा विचारहरुको बारेमा बौद्धिक र प्राज्ञिक छलफलहरु तीव्र गतिमा भइरहेका छन् । यस्तो अवस्थाले पक्कै पनि त्यस्ता वहसहरुलाई आम मानिसहरु माझ संक्रमण गराउन थप सहज हुने देखिन्छ ।

एजेन्सीको सहयोगमा

 

शाइन रेसुंगा, पूर्णिमा र भागर्वको एकीकृत कारोबार शुरु Read Previous

शाइन रेसुंगा, पूर्णिमा र भागर्वको एकीकृत कारोबार शुरु

कात्तिकमा आलु महोत्सव हुने Read Next

कात्तिकमा आलु महोत्सव हुने