महालक्ष्मी विकास बैंककाे लकर सुविधामा आकर्षक योजना, यस्ता छन् फाइदा

काठमाडौं । महालक्ष्मी विकास बैंकले विशेष (महा बचत) खाता खोल्ने ग्राहकहरूको लागि लकर सुविधामा आकर्षक छुटको योजना ल्याएको छ ।

बैंकले यस योजना अन्तर्गत कात्तिक र मंसिर महिनामा महा बचत खाता खोल्ने ग्राहकहरूले लकर सेवाको वार्षिक शुल्क (प्रथम वर्ष)मा शत प्रतिशत छुट प्रप्त गर्न सक्नेछन् ।

बैंकका दरबारमार्ग, पुतलिसडक, न्यूरोड (काठमाडौं), भैरहवा र न्यूरोड (कास्कीं) शाखा कार्यालयहरूमा लकरको सुविधा रहेको छ । हाल उपलब्ध लकर संख्या सिमित रहेकाले ग्राहकको खाता खोलिएको क्रम र ग्राहकको आवश्यकता अनुसार लकर सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत खोलिने महा बचत खातामा लकर सुविधामा आकर्षक छुटका साथसाथै बचत खाताहरू मध्येकै सबैभन्दा उच्चतम (१० प्रतिशत) ब्याजदर, निःशुल्क एटीएम कार्ड तथा मोबाइल बैकिङ लगायतका अन्य सुविधाहरू रहेका छन् ।

विगत देखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्ध रहिआएको यस बैंकले ग्राहकको बैंकिङ्ग आवश्यकता तथा अपेक्षालाई मध्यनजर गर्दै लकर योजना सञ्चालनमा ल्याएको हो ।

 

 

झन्डै ५ अर्ब लगानीमा साँगा-धुलिखेल सडक ६ लेनको बनाइँदै, ५ कम्पनीको आवेदन Read Previous

झन्डै ५ अर्ब लगानीमा साँगा-धुलिखेल सडक ६ लेनको बनाइँदै, ५ कम्पनीको आवेदन

राष्ट्र बैंकको नीतिले पिसिँदै व्यवसायी, चर्को ब्याज थेग्न नसक्दा संकटमा Read Next

राष्ट्र बैंकको नीतिले पिसिँदै व्यवसायी, चर्को ब्याज थेग्न नसक्दा संकटमा