काठमाडौं । भारतको निजी क्षेत्रको दोस्रो ठूलो बैंक ‘एचडीएफसी बैंक’ ले ६ महिनाको अवधिमै १ खर्ब बढी खुद नाफा कमाउन सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको ६ महिनामै १ खर्ब ६ अर्ब भारतीय रुपैयाँ खुद नाफा कमाएको हो ।
दी इकोनोमी टाइम्सका अनुसार बैंकले चालु आवमा गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा २०.१ प्रतिशत वृद्धि गरेको छ ।
ऋण लगानीमा उच्च वृद्धि र अन्य आम्दानीमा पनि सुधार भएपछि खुद नाफा बढेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि १८.९५ ले बढेर २ खर्ब १० अर्ब भारु नाघेको छ । यस्तै, अन्य आम्दानी १६.७५ ले बढेको छ ।
समीक्षा अवधिमा बैंक्को निक्षेप संकलन १९ प्रतिशतले बढेर १६.७३ ट्रिलियन पुगेको छ भने कर्जा लगानी २३.४ प्रतिशतले बढेर १४.७९ ट्रिलियन भारु पुगेको छ ।
एचडीएफसी बैंकको चुक्ता पूँजी ५ अर्ब ५४ करोड ५५ लाख भारु रहेको छ । मंगलबार यसको सेयर भाउ प्रतिकित्ता १ हजार ४४६ भारुमा कारोबार भइरहेको छ ।