काठमाडौं । जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सले कात्तिक ७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
गत असार ३० गते मर्जर सम्झौता गरेका दुई कम्पनी एक भई कात्तिक ७ गतेदेखि नयाँ कम्पनीको नाममा कारोबार सुरु गर्ने भएका हुन् ।
दुई कम्पनी मर्जरपछि सानिमा जीआइसी इन्स्योरेन्स कम्पनीको नामबाट कारोबार थाल्ने भएका हुन् । दुई कम्पनी १ः१ सेयर अनुपातमा मर्ज भएका हुन् ।
दुवै कम्पनीको गत असोज ११ गते सम्पन्न विशेष साधारणसभाले मर्जरको विशेष प्रस्ताव पारित गरेको थियो ।यस्तै, बीमा समितिले असोज १४ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयले असोज २७ गते स्वीकृति दिएको थियो।
मर्जरपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुगेको छ । मर्जरअघि सानिमा जनरल र जनरल इन्स्योरेन्सको चुक्ता पूँजी समान ११ अर्ब थियो ।