महंगियो कर्जाको ब्याजदर,समस्यामा व्यवसायी

काठममाडौं । कात्तिकमा कर्जाको ब्याजदर बढेकाे छ । बैंकहरुले असोजमा निक्षेपको ब्याजदर बढाएसँगै लागत बढ्दा कात्तिकमा कर्जाको ब्याजदर बढ्ने भएको हो । । निक्षेपको ब्याजदर भने बैंकहरुले कात्तिकमा नबढाउने भएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासको असोजमा बैंकहरुले निक्षेपको ब्याजदर बढाएका थिए ।

बैंकहरुले हरेक महिना निक्षेपको ब्याजदर प्रकाशित गर्छन् भने लागत अनुसार बेसरेट तीन महिनामा निर्धारण गर्छन् । सोही अनुसार लागत र असोजमा गरिएको ब्याजदर वृद्धिले बेसरेट नै १० प्रतिशत माथि पुग्ने अनुमान छ ।

गत आवको अन्तिम त्रैमासमा बैंकहरुको बेसरेट ९.४५ प्रतिशत पुगेको थियो । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३ प्रतिशत बढी हो । अहिले बैंकको आधारदर नै दोहोरो अंकमा पुगेको छ ।

जसमा बैंकहरुले ७/८ प्रतिशतसम्म प्रिमियम जोडेर ऋण लगानी गरिरहेका छन् । यस्तो अवस्थामा कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुग्ने बैंकरहरु बताउँछन् । आधारदर बढ्दा नयाँ ऋणी तथा पुरानो कर्जा नविकरण गर्नेहरु समेत महंगो ब्याजको मारमा परेका छन् ।

बैंकहरुले आफ्नो लागतको आधारमा बेसरेट निर्धारण गर्छन् भने त्यसमा प्रिमियम जोडेर कर्जाको ब्याजदर तोकिन्छ । निक्षेपको ब्याजदर वृद्धि हुँदा त्यसले बैंकको लागत बढाउँछ र आधारदर बढेर ऋणीले महंगो ब्याज तिर्नुपर्ने अवस्था आउँछ ।

गत भदौमा बैंकहरुले ११.०३ प्रतिशतसम्म मुद्दतीको ब्याजदर दिइरहेकोमा असोजमा बढाएर १२.१३३ प्रतिशतसम्म पुर्याएका थिए । कात्तिकमा पनि निक्षेपको सोही ब्याजदर कायम गरिएको छ ।

गत वर्षदेखि वित्तीय प्रणालीमा कायम तरलता अभावले बैंकहरुले कर्जा लगानी गर्न पाएका छैनन् । व्यवसाय तथा नाफा संकूचन हुने भएपछि बैंकहरु निक्षेप तान्न कर्जाको ब्याजदर वृद्धिमा प्रतिस्पर्धा गरिरहेका छन् । तर, ब्याज बढाएपनि यस निक्षेप संकलन भने बढेन् । उल्टै बैंकको लागत बढेर कर्जाको ब्याजदर आकाशिँदा ऋणीको टाउकोमा झनै ब्याज थोपरियो । अहिले बैंकहरुले गरेको ब्याजदर वृद्धिबारे नेपाल उद्योगा वाणिज्य महासंघ,चेम्बर अफ कमर्स लगायत निजी क्षेत्र विरोधमा छ ।

होटल एसोसियसन अफ नेपाल (हान) ले बैंकको साँवा ब्याज भुक्तानीका लागि समयसीमा बढाउन नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेको छ भने अन्य क्षेत्रका व्यवसायीहरुले पनि ब्याजदर घटाउन माग गरेका छन् ।

नेपाल चेमबर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर वृद्धिले उद्योग व्यवसाय नै धरासाय हुने अवस्था आएको बताए ।
‘मुलुकको अर्थतन्त्रमा कोभीड र अन्तर्राष्ट्रिय मूल्यवृद्धिको दबाब कायमै छ । यही समयमा भएको ब्याजदर वृद्धिले उद्योगी व्यवसायीलाई निकै समस्या परेको छ,’ उनले भने ।

बैंकको आधारदरमा राष्ट्र बैंकले प्रिमियम २ प्रतिशतसम्म मात्र थप गर्ने व्यवस्था गरेमा ब्याजदर घट्ने उनले बताए । उद्योगी, वयवसायीहरुले ब्याजदर घटाउनु पर्ने माग राखेका छन् । तर, नियमक निकाय नेपाल राष्ट्र बैंक भने चुपचाप छ । मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर वृद्धि आवश्यक रहेको भन्दै राष्ट्र बैंकले बैंकहरुको यस कदमलाई प्रोत्साहन गरिरहेको छ ।

महंगी नियन्त्रणका लागि वस्तुको माग कम गर्न ब्याजदर बढाउने सर्वव्यापी अर्थशास्त्रीय शिद्धान्त भएपनि नेपाल जस्तो आयतमुखी अर्थतन्त्र भएको मुलुकमा यसतो नीतिले काम नगर्ने अर्थशास्त्रीले बताउने गरेका छन् ।

उनीहरुका अनुसार जुन बेला प्रणालीमा तरलता प्रसस्त थियो त्यस अवधिमा महंगी सामान्य रहेको र अहिलेको ब्याजदर वृद्धिले उल्टै मुल्य वृद्धिलाई प्र्रोत्साहन गरेको छ ।

गत आवको दोस्रो त्रैमासदेखि खड्कीएको तरलता अभावका बावजुत ब्याजदर बढाउदा पनि उक्त समस्या कम हुन नसकेपछि बैंकहरुले पछिल्लो ६ महिना स्थिर ब्याज कायम गरेका थिए ।

निक्षेप संकलनमा सुधार, सीडी रेसियो ८७ प्रतिशतभन्दा तल झर्‍यो Read Previous

निक्षेप संकलनमा सुधार, सीडी रेसियो ८७ प्रतिशतभन्दा तल झर्‍यो

सेयर बजारमा गिरावट, यी कम्पनीको मूल्यमा सकारात्मक सर्किट Read Next

सेयर बजारमा गिरावट, यी कम्पनीको मूल्यमा सकारात्मक सर्किट