सेयर बजारमा गिरावट, यी कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सोमबार पनि सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक २.६१ अंकले घटेर १८५८.३३ को बिन्दुमा झरेको हो । यसदिन २१९ कम्पनीको १६ लाख ३१ हजार ३४९ कित्ता सेयर ५१ करोड ५८ लाख १८ हजार ९९० रुपैयाँमा खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

कारोबारमा आएका १३ उपसमूहमध्ये ६ समूहको मूल्य बढेको छ भने ७ उपसमूहको सेयर मूल्य घटेको छ । यसदिन सबैभन्दा धेरै फाइनान्स समूहको सेयर मूल्य १.१ प्रतिशतले घटेको छ भने होटल र पर्यटन समूहका लगानीकर्ताले ०.४१ प्रतिशतले कमाएका छन् ।

यसदिन सबैभन्दा धेरै नबिल बैंकको २ करोड ७९ लाख १९ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यसैगरी, प्रभु, रिडी पावर कम्पनीको २ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

घटेको बजारमा दुइ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन अभियान लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावरका लगानीकर्ताले ९ प्रतिशत बढीले कमाएका हुन् ।

आज सबैभन्दा धेरे गुमाउनेमा पिपुल्स पावर कम्पनीका लगानीकर्ता रहेका छन् । यस कम्पनीको सेयर मूल्य सोमबार ९.९७ प्रतिशतले घटेको छ ।

महंगियो कर्जाको ब्याजदर,समस्यामा व्यवसायी Read Previous

महंगियो कर्जाको ब्याजदर,समस्यामा व्यवसायी

अर्घाखाँची सिमेन्टले गर्‍यो निर्यात सुरू, सञ्चालक मुरारका भन्छन्, ‘निर्यात गर्ने सपना पूरा भयो’ Read Next

अर्घाखाँची सिमेन्टले गर्‍यो निर्यात सुरू, सञ्चालक मुरारका भन्छन्, ‘निर्यात गर्ने सपना पूरा भयो’