निक्षेप संकलनमा सुधार, सीडी रेसियो ८७ प्रतिशतभन्दा तल झर्‍यो

काठमाडौं । वाणिज्य बैंकहरुमा पछिल्लो एक सातामा ८ अर्ब निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असोज चौथो साता ( असोज २२ देखि २८ गतेसम्म)  ८ अर्ब १८ करोड निक्षेप थपिएको हो ।

असोज २१ गतेसम्म बैंकहरुसँग कुल ४५ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा २८ गतेसम्म बढेर ४५ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ ।

निक्षेप संकलनमा सुधार आए पनि कर्जा लगानी भने न्यून छ । असोजको चौथो सातामा ८ अर्ब निक्षेप संकलन गर्दा बैंकहरुले जम्मा ६२ करोड मात्र कर्जा लगानी गरेका छन् ।

निक्षेपमा सुधार आएसँगै बैंकहरुको सीडी रेसियोमा पनि सुधार आएको छ । असार तेस्रोसाता ८७.०५ प्रतिशत रहेको बैंकहरुको सीडी रेसियो चौथो साता आइपुग्दा ८६.९६ प्रतिशतमा झरेको छ ।

 

 

पोखरा हरित यातायातमा कोरियाको सहयोग, ८४ रुटको १२८६ स्थानमा बस स्टप निर्माण गरिने Read Previous

पोखरा हरित यातायातमा कोरियाको सहयोग, ८४ रुटको १२८६ स्थानमा बस स्टप निर्माण गरिने

महंगियो कर्जाको ब्याजदर,समस्यामा व्यवसायी Read Next

महंगियो कर्जाको ब्याजदर,समस्यामा व्यवसायी