नेपाल ल्युब आयलको साधरण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल ल्युब आयलको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कम्पनीको साधरण सभा असोज २८ गते सम्पन्न भएको हो ।

उक्त सभाले कम्पनीले गत वर्षको मुनाफाबाट प्रस्तावित ३० प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले गत आव २०७८/७९ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।

साधरण सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यवस्थापक समूह र अन्य सेयर धनीहरुको उपस्थिति रहेको थियो ।

अध्यक्ष चौधरीले कठिन आर्थिक अवस्थामा पनि कम्पनीले निरन्तर वृद्धि कायम राखेको बताए । उनले भने, ‘नेपाल ल्युब आयल लिमिटेडले अघिल्लो वर्ष जस्तै यस कठिन आर्थिक अवस्थामा पनि निरन्तर वृद्धि कायम राखेको छ । व्यवस्थापन र अन्य टोली सदस्यहरू यस कम्पनीको विकासको लागि राम्रोसँग प्रतिबद्ध छन्। सेयरधनीहरूले देखाएको विश्वासलाई हामी कहिल्यै निराश गर्ने छैनौं ।’

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै विक्री÷वितरण समेत गर्दछ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो र यसको ब्राण्डिङ साझेदारीमा म्याकल्यारेन रेसिङ कार र चेन्नई सुपर किङ जस्ता आफ्ना क्षेत्रका प्रतिष्ठित र स्थापित नामसंग रहेको छ ।

त्यस्तै गल्फ लूब्रिकेन्टस् नेपालको समेत मूख्य रुपमा रुचाइएको प्रतिष्ठित र धेरै बजार क्षेत्र ओगटन सफल ब्राण्डको रुपमा चिनिन्छ । गल्फ ब्राण्डका उत्पादनहरुको विविधताले सवै अटोमोबाईल र मेशिनरीहरुलाई समेटन सक्ने गरी व्यापक क्षेत्रमा फैलन सफल रहेको छ

 

यी वस्तु निर्यात गर्दा पाइन्छ ८ प्रतिशत नगद अनुदान, यस्तो छ मापदण्ड Read Previous

यी वस्तु निर्यात गर्दा पाइन्छ ८ प्रतिशत नगद अनुदान, यस्तो छ मापदण्ड

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ मोबाइल एप सार्वजनिक Read Next

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ मोबाइल एप सार्वजनिक