नेपाल लाइफ इन्स्योरेन्सको नयाँ मोबाइल एप सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोनका लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ ।

कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विषेश समारोहका बीच इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मोबाइल एप सार्वजनिक गरेका हुन् ।

परिस्कृत र नयाँ सुविधाहरू सहित सार्वजनिक गरिएको मोबाइल एप्लिकेसन एप स्टोरबाट डाउनलोड गर्न सकिने छ । ग्राहक र अभिकर्ता दुबैले एउटै एप्लिकेसन मार्फत लाभ लिन सक्नेछन् ।

सर्वप्रथम एपलाई एप स्टोर वा प्ले स्टोरबाट डाउनलोड गरी आफ्नो रजिस्टर्ड फोन नम्बरको माध्यमबाट आफुलाई रजिस्टर गरि लग इन गर्न सकिने छ । आफू अभिकर्ता वा बीमित छनौट गरी आफ्नो प्रोफाइल एड गर्न सकिने छ । एप्लिकेसनमा एकै जनाको एकभन्दा बढी बीमालेख भएमा सबैलाई लिस्ट गर्न सकिने छ ।

आफ्नो बीमालेख प्रोफाइलमा एड गरेपछि आफ्नो बीमासँग सम्बन्धित सम्पूर्ण जानकारी एकै ठाँउमा सरल तथा सहज तवरले प्राप्त गर्न सकिने इन्स्योरेन्सले जनाएको छ ।

साथै एपमा अन्य सुविधाहरूको रुपमा प्रिमियम हिसाब, बीमा योजनाको जानकारी, शाखा तथा उपशाखाहरूको स्थान तथा सम्पर्क नम्बर तथा यस इन्स्योरेन्सले सार्वजनिक गरेको जानकारी मुलक, तथा मनोरन्जनात्मक श्रव्यदृश्य सामग्रीहरू पढ्न तथा हेर्न सकिने छ ।

प्रमुख कार्यकारी अधिकृत पराजुलीले इन्स्योरेन्सले ल्याएको एपलाई समयानुकूल स्तरवृद्धि गर्दै ग्राहकलाई जीवन बीमा सम्बन्धी सम्पूर्ण सुविधाहरू चुस्त दुरुस्त तरिकाले एकद्वार नीतिको अबलम्बन गर्दै सेवा प्रवाह गर्ने प्रतिबद्घता रहेको बताए ।

इन्स्योरेन्सका प्रमुख सूचना प्रविधि अधिकृत शरदचन्द्र प्याकुरेलले सूचना प्रविधिको विकासक्रम संगसँगै नेपाल लाइफका विभिन्न सेवा तथा सुविधाहरूलाई ग्राहक तथा अभिकर्ता समक्ष सहज, सुरक्षित एवं प्रभावकारीरुपमा उपलव्ध गराई कम्पनीको डिजिटल रुपान्तरणको लक्ष्य हासिल गर्न यो कदम फलदायी हुने बताए ।

 

नेपाल ल्युब आयलको साधरण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित Read Previous

नेपाल ल्युब आयलको साधरण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

जजिराले गौतमबुद्ध विमानस्थलमा दैनिक उडान रोक्यो, अब सातामा तीन उडान गर्ने Read Next

जजिराले गौतमबुद्ध विमानस्थलमा दैनिक उडान रोक्यो, अब सातामा तीन उडान गर्ने