एनआइसी एशिया क्यापिटलद्धारा पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एनआइसी एशिया क्यापिटलले प्रदेश स्तरीय पूँजी बजार सम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

क्यापिटलले सामाजिक उत्तरदायित्व अन्तर्गत विश्व लगानीकर्ता सप्ताह, २०२२ को अवसरमा असोज २८ गते पोखरामा प्रदेश स्तरीय पूँजी बजार साक्षरता कार्यक्रम समापन गरेको हो ।

उक्त कार्यक्रममा क्यापिटलका उच्च तहका अधिकारीहरूले डिम्याट खाता, प्रथामिक सेयर, धितोपत्रको दोस्रो बजार, मुद्रा बजार उपकरणहरू, सामूहिक लगानी कोष, सेयरमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ तथा लगानी सम्बन्धी निर्णय लिदाँ विशेष ध्यान दिनुपर्ने कुराहरू लगायत विषयमा छलफल गरिएको थियो ।

मर्चेण्ट बैंकहरू उपत्यका केन्द्रीत रहेको र काठमाडौं उपत्यका बाहिरबाट मर्चेण्ट बैंकहरूले प्रदान गर्ने सेवा प्राप्त गर्न निकै असहज भएको जनगुनासो बारम्बार आउने गरेको हुँदा उपत्यका बाहिरबाट कसरी मर्चेण्ट बैंकहरूले उपलब्ध गराएको सेवा लिन सकिन्छ, नयाँ लगानीकर्ताहरूलाई सहज रुपमा पूँजी बजारमा आबद्ध भई सुरक्षित र सहज रुपमा सेयर कारोवार गर्न सकुन भन्ने मुख्य उद्देश्यका साथ उक्त साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा ६० जना भन्दा बढी लगानीकर्ताहरूको सहभागिता रहेको थियो । साथै आगामी दिनमा सोही प्रकृतिको साक्षरता कार्यक्रम अन्य स्थानहरूमा समेत गर्ने व्यहोरा जानकारी गराईन्छ ।

 

फेसियल हाउसकाे नयाँ शाखा धनगढीमा Read Previous

फेसियल हाउसकाे नयाँ शाखा धनगढीमा

यी वस्तु निर्यात गर्दा पाइन्छ ८ प्रतिशत नगद अनुदान, यस्तो छ मापदण्ड Read Next

यी वस्तु निर्यात गर्दा पाइन्छ ८ प्रतिशत नगद अनुदान, यस्तो छ मापदण्ड