फेसियल हाउसकाे नयाँ शाखा धनगढीमा

काठमाडौं । नेपालको प्रख्यात ब्यूटी सैलुन फेसियल हाउसले छैटौं शाखा धनगढीमा संचालनमा ल्याएको छ ।

धनगढीको चौडामा एक कार्यक्रमकाबीच वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक शुष्मा महरा र कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

फेसियल हाउसकी प्रबन्ध निर्देशक महराले सेवाग्राहीहरूले देशभर गुणस्तरीय सेवा खोज्न थालेपछि फेसियल हाउसको शाखा अन्य स्थानमा पनि क्रमशः विस्तार गरिने बताइन् ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरले आर्थिक मन्दीको यस्तो अवस्था रहेको बेलामा र वित्तीय क्षेत्रले समेत लगानी गर्न नसकेको अवस्थामा यस ठाउँमा लगानी गरेर व्यवसाय स्थापना गरेप्रति फेसियल हाउसलाई धन्यवाद दिए ।

फेसियल हाउसले अहिले काठमाडौंको काठमाडौं मल, चाबहिल र सीटीसी मलका साथै उपत्यका बाहिर पोखरा, सुर्खेतबाट गुणस्तरीय सेवा दिदैँ आएको छ ।

धनगढीमा सञ्चालनमा ल्याइएको फेसियल हाउसको नेतृत्व भने सविता ऐयरले गर्ने छिन् । धनगढीका मानिसहरुले गुणस्तरीय सेवा खोज्न थालेपछ यस स्थानमा गुणस्तरीय सेवा प्रदान गराउने उदेश्यले फेसियल हाउसको शाखा खोलिएको बताएकी छन् ।

मुख्य शाखा सुन्धारा रहेको फेसियल हाउसमा एकैपटक ८० जना भन्दा बढि सेवाग्राहीले सर्भिस लिने गर्दछन् । फेसियल हाउसले ब्यूटीसम्बन्धी तालिम दिनुका साथै हेयर, फेस सम्बन्धी समस्या, मेकअप , माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै सेवा दिँदै आएको छ ।

देशभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द, मापदण्डमा कडाइ गरिने Read Previous

देशभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द, मापदण्डमा कडाइ गरिने

एनआइसी एशिया क्यापिटलद्धारा पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न Read Next

एनआइसी एशिया क्यापिटलद्धारा पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न