काठमाडौं । कात्तिकमा वाणिज्य बैंकहरूले ब्याजदर नबढाउने भएका छन् । बिहीबार नेपाल बैंकर्स संघको कार्य समिति बैठकलेले कात्तिकमा निक्षेपको ब्याजदर नबढाउने निष्कर्ष निकालेको हो । यद्यपि, निर्णय भने भइसकेको छैन ।
गत फागुनदेखि स्थिर राखेको ब्याजदर बैंकहरूले असोजमा बढाएका थिए । त्यसको चौतफी विरोध भएपछि र ब्याज बढाउँदा पनि निक्षेपमा खासै सुधार आउन नसकेपछि बैंकरहरू ब्याज नबढाउने निष्कर्षमा पुगेका हुन् ।
बैंकहरूले असोजमा ११.०३ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर बैंकहरूले बढाएर १२.१३३ प्रतिशत र्पुयाएका थिए। केही बैंकले रेमिट्यान्स मुद्दतीमा १५ प्रतिशतसम्म ब्याद दिएका छन् ।
आधार दर र अन्तर बैंकदर नै दोहोरो अंकमा पुगेका बेला ब्याजदर घटाउनुपर्ने भन्दै अर्थमन्त्रीदेखि निजी क्षेत्रले आवाज उठाएका थिए ।
व्यवसायीहरूको चौतर्फी विरोधपछि अर्थमन्त्री जनार्दन शर्माले ब्यादर घटाउन अध्ययन समिति नै बनाएका थिए।
बैंकर्स संघको बुधबार बसेको बैठकले तत्काल बढाउन नहुने निष्कर्ष निकालेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।
गतवर्षदेखि तरलता अभावको सामना गर्दै आएका बैंकहरूले ब्याजदर बढाएपनि निक्षेप भने बढ्न सकेको छैन् । नेपाल राष्ट्र बैंकले मूल्यवृद्धि नियन्त्रणका लागि भन्दै ब्याजदर वृद्धिलाई खुला छोडेको छ ।
राष्ट्र बैंकले ब्याजदरमा हस्तक्षेप नगर्ने भएपछि बैंक बीचले निक्षेप तान्ने होडमा ब्याजदर वृद्धिको अस्वस्थ प्रतिस्पर्धा चलेको छ ।