नेप्सेमा दुई कम्पनीको आइपीओ सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा बिहीबार पिपुल्स पावर र सयपत्री हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो ।

नेप्सेका पिपुल्स पावरको ६३ लाख २६ हजार कित्ता सेयर सूचीकरण भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम ९४.९६ रुपैयाँदेखि अधिकतम २८४.८८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । PPL संकेत चिह्नमा यसको कारोबार खुला हुनेछ ।

यस्तै, सयपत्री हाइड्रोपावरको ३० लाख कित्ता सेयर सूचीकरण भएको हो । यसको पहिलो कारोबारका लागि नेप्सेले ६४.९६ रुपैयाँदेखि अधिकतम १९४.८८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।कम्पनीको कारोबारका लागि नेप्सले SPHL संकेत चिह्न प्रदान गरेको छ ।

नेप्सेमा सूचीकृत भएसँगै दुवै कम्पनीको सेयर आगामी आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, प्रि ओपन सेसनमा कारोबार हुन नसके अर्को दिन मात्र कारोबारमा आउने छ ।

सेयर बजार सामान्य अंकले बढ्यो, अभियान लघुवित्तको मूल्यमा पोजेटिभ सर्किट Read Previous

सेयर बजार सामान्य अंकले बढ्यो, अभियान लघुवित्तको मूल्यमा पोजेटिभ सर्किट

कात्तिकमा बैंकहरूले ब्याजदर नबढाउने ! Read Next

कात्तिकमा बैंकहरूले ब्याजदर नबढाउने !