सरकारले तोक्यो पानीको मूल्य, प्रतिजार कति ?

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल तथा जारको पानीको मूल्य तोकेको छ ।

विभागले विभागले खानेपानी १ लिटर बोतलको १६ रुपैयाँ, २० लिटर जारको ४७ रुपैयाँ तोकेको छ । विभागले काठमाडौं उपत्यका बाहिर भने पानीको मूल्य बढी राखेको छ ।

व्यवसायीयले अहिले प्रतिलिटर बोटलको २० देखि ४० रुपैयाँ लिदै आएका थिए भने प्रति जार ५० देखि १५० रुपैयाँ लिदै आएका थिए ।

उपत्यका बाहिर १ लिटर बोतलको २० रुपैयाँ र २० लिटर जारको ६० रुपैयाँ तोकिएको छ । तोकिएको भन्दा बढी मूल्यमा पानी विक्री गर्नेलाई कानुन अनुसार कारवाही हुने विभागले जनाएको छ ।

ब्याजदरमा अर्थमन्त्रीले हस्तक्षेप गर्न नमिल्ने, यस्ता छन् अध्ययन समितिका सुझाव Read Previous

ब्याजदरमा अर्थमन्त्रीले हस्तक्षेप गर्न नमिल्ने, यस्ता छन् अध्ययन समितिका सुझाव

विश्वमा पेट्रोलको भाउ लिटरको २ रुपैयाँदेखि ३८८ सम्म, कुन देशमा कति ? Read Next

विश्वमा पेट्रोलको भाउ लिटरको २ रुपैयाँदेखि ३८८ सम्म, कुन देशमा कति ?