ह्वात्तै बढ्यो कच्चा तेलको भाउ, प्रतिब्यारेल कति पुग्यो ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको मूल्य ह्वात्तै बढेको छ । गतसाता प्रतिब्यारेल ८७ डलर रहेको ब्रेन्ट क्रुड आयलको भाउ बढेर आइतबार )दिउँसो १२ बजेसम्म) झन्डै ९८ डलर पुगेको छ ।

शुक्रबार प्रतिब्यारेल ९४ डलर रहेको ब्रेन्ट क्रुडको भाउ आज प्रतिब्यारेल साढे ३ डलर बढेर ९७.९२ डलर पुगेको छ । एक सातामै ब्रेन्ट क्रुड आयलको भाउ १० डलर बढेको छ ।

त्यस्तै, डब्ल्यूटीआइ क्रुड आयलको भाउ ८३ डलरबाट बढेर ९२ डलर पुगेको छ । एकसातामै यसको पनि भाउ ९ डलरले बढेको छ ।

गत साता तेल उत्पादक देशहरुको समूह (ओपेक)ले दैनिक २० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने निर्णय गरेसँगै कच्चा तेलको भाउ बढ्न थालेको हो ।

ओपेकले सन् २०२०मा कोभिड महामारीपछि एकैपटक ठूलो परिमाणमा तेल उत्पादन कटौती गर्ने निर्णय गरेको हो । तेलको घट्दो मूल्य नियन्त्रण गर्न ओपेकले उत्पादन घटाउने निर्णय गरेको बताइएको छ ।

ओपेकको घोषणाले अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढ्ने देखिएको छ । रुस युक्रेन युद्धका कारण बढेको कच्चा तेलको भाउ केही महिना यता घट्दो क्रममा थियो । तर, ओपेकले उत्पादन कटौती गर्ने घोषणा गरेसँगै फेरि बढ्ने देखिएको छ ।

देशैभरी उम्मेदवार मनोनयनपत्र दर्ता सुरू Read Previous

देशैभरी उम्मेदवार मनोनयनपत्र दर्ता सुरू

वीरगन्ज नाकाबाट इन्धन आयात १७ प्रतिशतले घट्यो, राजस्व भने बढ्यो Read Next

वीरगन्ज नाकाबाट इन्धन आयात १७ प्रतिशतले घट्यो, राजस्व भने बढ्यो