देशैभरी उम्मेदवार मनोनयनपत्र दर्ता सुरू

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सुरु भएको छ ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि मुलुकका विभिन्न स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गर्न सुरु गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

प्रत्यक्षतर्फ देशभरिका १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो । उम्मेदवारी दर्ता अहिले बिहान १० बजे सुरु भई अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ । मनोनयनपत्र दर्ता उम्मेदवार स्वयम् उपस्थित भई वा प्रतिनिधिमार्फत गर्न पाइने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

६ वर्षमा पनि सकिएन ४ किमी सडक Read Previous

६ वर्षमा पनि सकिएन ४ किमी सडक

ह्वात्तै बढ्यो कच्चा तेलको भाउ, प्रतिब्यारेल कति पुग्यो ? Read Next

ह्वात्तै बढ्यो कच्चा तेलको भाउ, प्रतिब्यारेल कति पुग्यो ?