ई-सेवाको सीईओमा जगदिश खड्का नियुक्त, १२ वर्षभन्दा धेरैको अनुभव

काठमाडौं । नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा जगदिश खड्का नियुक्त भएका छन् । चाटर्ड एकाउन्टेन्ट खड्कालाई ईसेवाको सञ्चालनक समितिले सीईओका रूपमा नियुक्त गरेको हो ।

नवनियुक्त सीईओ खड्कालाई ईसेवाका अध्यक्ष परशुराम कुवँर क्षेत्रीले पद तथा गोपनियतताको सपथ खुवाएका छन् । सीईओ खड्काले बुधबार नै आफ्नो कार्यभार सम्हालेका छन् ।

उनीसँग बिजनेस अपरेशन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङ एण्ड म्यानेजमेन्ट, भेन्चर्स बिल्डिङ्गमा १२ वर्ष भन्दा धेरै समयको अनुभव छ । उनी यसअघि एफवानसफ्ट ग्रुप अन्तरगतको फोनपे पेमेन्ट सर्विसमा डाइरेक्टरको रूपमा समेत आबद्ध थिए ।

ईसेवामा प्रमुख कार्यकारी अधिकृतको रूपमा आफ्नो कार्यभार सम्हाल्दै नवनियुक्त सीईओ खड्काले भने, ‘डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडी बढाउन ईसेवाले नेतृत्वदायी भूमिका निभाउँदै आएको छ, डिजिटल भुक्तानीको क्षेत्रमा पायोनियर मानिएको ईसेवामा आबद्ध हुन पाउँदा म निकै नै खुशी छु, मैले ईसेवाका सेवालाई अझ विस्तार गरि आम मानिसको दैनिक जनजीवन सहज बनाउनका लागि भूमिका खेल्नेछु र कम्पनीलाई अझ सशक्त बनाउँदै अगाडी बढ्नेछु ।’

ईसेवा सञ्चालक समितिले यसअघि प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रेहका सुभास सापकोटालाई सीईओका रूपमा बाहिर रहेपनि कम्पनीको बोर्ड सदस्यमा भने रहनेछन् । सीईओबाट उनले दिएको राजीनामा कम्पनीको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ ।

ईसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । ईसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् ।

यी बैंकबाट ईसेवामा सहजै रकम जम्मा गर्न तथा बैंक खातामा पठाउन सकिन्छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ईसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ६५ लाख बढि रहेको छ ।

यसैगरी अप्रत्यक्ष रूपमा करिब १ करोड ७० लाख जनसंख्याले ईसेवा मार्फत सेवा लिइरहेका छन् । हाल ईसेवाका देशभर करिब एक लाख ५० हजार एजेन्ट (ईसेवा जोन तथा पोइन्ट) रहेका छन् ।

क्याथे प्यासेफिकले हङकङ-काठमाडौं उडान गर्दै Read Previous

क्याथे प्यासेफिकले हङकङ-काठमाडौं उडान गर्दै

नेपाल ल्युब आयलको आकर्षक लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

नेपाल ल्युब आयलको आकर्षक लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन