काठमाडौं । नेपाल ल्युब आयलले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले लाभांश पारित गर्न साधरण सभा प्रयोजनका लागि असोज १४ देखि २८ गतेसम्म बुकक्लोज गर्ने भएको हो । सो अनुसार आज (असोज १३ गते)सम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।
कम्पनीले घोषणा गरेको लाभांश पारित गर्न असोज २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश घोषणा गरेको छ ।
आगामी साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।