क्याथे प्यासेफिकले हङकङ-काठमाडौं उडान गर्दै

काठमाडौं । कोभिड–१९ को महामारीका कारण स्थगित भएको हङकङको राष्ट्रिय ध्वजावाहक क्याथे प्यासेफिकले हङकङ–काठमाडौं पुनः उडान सुरु गर्ने भएको छ ।

कोरोना महामारीका कारण स्थगित भएको क्याथे प्यासेफिकको हङकङ–काठमाडौं उडान तीन वर्षपछि पुनः सुरु हुन लागेको हो ।

उक्त कम्पनीले १ अक्टोबर अर्थात् यही असोज १५ गतेदेखि काठमाडौं–हङकङ रुटमा उडान गर्नका लागि पत्र पठाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।

उनले भने, ‘क्याथे प्यासेफिकले हङकङ-काठमाडौं पुनः उडान गर्न पत्र पठाएको छ, कोरोनाले स्थगित भएको हङकङ–काठमाडौं उडान पुनः सञ्चालन हुने छ ।’

कोभिड–१९ का कारण क्याथे प्यासेफिकले विगत तीन वर्षदेखि काठमाडौं–हङकङ उडान रोकेको थियो । हङकङमा नेपाल एयरलाइन्सले भने नियमित उडान गरिरहेको छ । उक्त कम्पनीले हरेक शनिबार साताको एक उडान गर्ने गरी काठमाडौंका लागि योजना बनाएको बताइएको छ ।

भाटभटेनीमा स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत थप छुट  Read Previous

भाटभटेनीमा स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत थप छुट 

ई-सेवाको सीईओमा जगदिश खड्का नियुक्त, १२ वर्षभन्दा धेरैको अनुभव Read Next

ई-सेवाको सीईओमा जगदिश खड्का नियुक्त, १२ वर्षभन्दा धेरैको अनुभव