भाटभटेनीमा स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत थप छुट 

काठमाडौँ । नेपालीहरूको महान चाड विजयादशमीलाई लक्षित गर्दै स्मार्ट क्यू आरले भाटभटेनी र एनआइसी एशिया बैंकसँगको सहकार्यमा बडा छुट अफर सार्वजनिक गरेको छ ।

 यस अफर अन्तर्गत ग्राहकहरूले जुत्ता तथा कपडा खरिदमा भाटभटेनीले उपलब्ध गराएको छुटमा स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा थप १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

 यो अफर भाटभटेनीका सबै शाखाहरूमा लागू हुनेछ । स्मार्ट क्यू आरमा आबद्ध सबै बैंक तथा वालेटका ग्राहकहरूले यो अफर अन्तर्गत छुट प्राप्त गर्न सक्नेछन् ।

दशैंमा हुने किनमेल कारोबारमा स्मार्ट क्यूआर प्रयोगकर्तालाई सहुलियत दिने तथा विद्युतीय भुक्तानी प्रव्बद्र्घन गर्ने उद्देश्यका साथ यो अफर सार्वजनिक गरिएको हो ।

 भाटभटेनीका कुनै पनि शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एन आई सी एशिया मो बैंक, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यू पे तथा  विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

नेप्सेमा सामान्य अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Previous

नेप्सेमा सामान्य अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

क्याथे प्यासेफिकले हङकङ-काठमाडौं उडान गर्दै Read Next

क्याथे प्यासेफिकले हङकङ-काठमाडौं उडान गर्दै