नेप्सेमा सामान्य अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा सामान्य बढोत्तरी भएको छ । मंगलबार १६ अंकले बढेको नेज्से आज ६ अंकले बढेको हो ।

सूचकमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १८ करोडले घटेर जम्मा ४८ करोडमा सीमित भएको छ ।

बुधबार नेप्से परिसूचक ६.४१ अंकले बढेर १८३७.४६ बिन्दुमा पुगेको छ । यसदिन २२१ कम्पनीको ४८ करोड ५४ लाख ८ हजार ७६८ रुपैयाँ बराबरको १३ लाख ७० हजार ४७७ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ समूहको घटेको छ । माइक्रोफाइनान्स समूहकाे परिसूचक सबैभन्दा धेरै ०.९६ प्रतिशतले बढेको छ ।

आज नेशनल माइक्रोफाइनान्सको प्रमोटर सेयर सर्वाधिक कारोबार भएको छ । यसको पौने ५ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक साढे २ करोड र रिडी पावर २ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

बुधबार मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.२० प्रतिशतले बढेको छ । त्यसैगरी, अभियान लघुवित्त ८.१९, सपोर्ट माइक्रोफाइनान्स ७.८०, न्यादी हाइड्रोपावर ५.३९, पञ्चकन्यामाइ हाइड्रो ४.२३, विजया लघुवित्त ४.२०, सामलिङ पावर, आरएसडीसी लघुवित्त र गणपति लघुवित्तको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

खुकुलो नीतिले पनि आकर्षित भएनन् विदेशी लगानीकर्ता, एफडीआइ झन् घट्दो Read Previous

खुकुलो नीतिले पनि आकर्षित भएनन् विदेशी लगानीकर्ता, एफडीआइ झन् घट्दो

भाटभटेनीमा स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत थप छुट  Read Next

भाटभटेनीमा स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत थप छुट