काठमाडौं । श्री एयरलाइन्सले करिब ३ वर्षपछि पुनः माउन्टेन फ्लाइट सुरु गरेको छ । कोभिडका कारण ३ वर्षदेखि रोकिएको माउन्टेन फ्लाइट यस सातादेखि पुनः सुरु गरेको हो ।
कोरोना प्रभाव कम हुँदै गएको र पर्यटकीय सिजन सुरु भएकाले त्यसलाई मध्येनजर गर्दै पुनः माउन्टेन फ्लाइट सुरू गरिएको एयरलाइन्सले जनाएको छ ।
श्री एयरलाइन्सका अनुसार सीआरजे २०० सिरिजको जहाजमार्फत २५ हजार फिट उचाइमा माउन्टेन फ्लाइट हुनेछ । उक्त उडानमा नेपालीका लागि ? १५ हजार र विदेशीका लागि २३० अमेरिकी डलर भाडादर निर्धारण गरिएको छ।
हरेक दिन बिहान ६:३० बजेदेखि थालिने माउन्टेन फ्लाइटको उडान अवधि ५० मिनेटको हुने कम्पनीले जनाइएको छ।