काठमाडौं । प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशनको अनुमति माग्दै ३ कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । दुई हाइड्रोपावर र एक उत्पादनमूलक कम्पनीले आइपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा निवेदन दिएका हुन् ।
बोर्डका अनुसार सोनापुर मिनिरलस् एण्ड आयल लिमिटेड, मोदी इर्नजी लिमिटेड र मेन्छीयाम हाइड्रोपावर कम्पनीले आइपीओ जारी गर्न अनुमति माग्दै आवेदन दिएका हुन् ।
सोनापुर मिनिरलस् एण्ड आयल लिमिटेडले असोज ४ गते बोर्डमा आवेदन दिएको हो । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति मागेको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।
त्यसैगरी, मोदी इर्नजीले प्रतिकित्ता १०० रुपैयाँ दरले ७२ करोड ५० करोड रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता सेयर जारी गर्न अनुमति मागेको छ । कम्पनीले यसअघि नै आइपीओ निष्काशनका लागि सनराइज क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
त्यस्तै, मेन्छीयाम हाइड्रोपावरले पनि प्रतिकित्ता १०० रुपैयाँदरले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइसी एशिया क्याटिल रहेको छ ।