काठमाडौं। प्राइम लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेख नवीकरण गर्दा ५० प्रतिशतसम्म छुट दिने भएको छ।
कम्पनीले २०७७ असोज ५ गतेदेखि व्यतीत भएका बीमालेखहरुमा चालु आर्थिक वर्षको असोज ३० गतेसम्म नवीकरण गर्दा लाग्ने ब्याज र जरिवाना ५० प्रतिशत छुट दिने भएको हो ।
कम्पनीक अनुसार ब्याज छुट गर्ने प्रयोजनका लागि २०७७ असोज ४ देखि व्यतीत भएका बीमालेखहरुमा मात्र समावेश हुने छ।
व्यतीत बीमालेख नवीकरण गर्दा दिइएको छुट सुविधा अवधिभर एकपटक मात्र प्रदान हुने कम्पनीले जनाएको छ ।
व्यतीत भएको बीमालेखले बीमा जोखिम बहन नगर्ने भएकाले समयमै आफ्नो बीमालेखको नवीकरण बीमाशुल्क भुक्तानी गरी ब्याज र जरिवाना छुटको लाभ लिन कम्पनीले आफ्ना ग्राहकलाई आग्रह गरेको छ ।