एक दिन पनि टिकेन नेप्सेको हरियाली, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । लगातार १४४ अंकले घटेको नेप्से बुधबार ११ अंकले बढे पनि आज फेरि ओरालो लागेको हो । समग्रमा यस साता नेप्से १४२ अंकले घटेको छ ।

सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७ करोडले घटेर ६५ अर्बमा सीमित भएको छ ।

बिहीबार नेप्से परिसूचक ९.८३ अंकले घटेर १८३८.९३ बिन्दुमा आइपुगेको छ । यसदिन २२९ कम्पनीको ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँ बराबरको २५ लाख ४२ हजार ८९९ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै १.५६ प्रतिशतले घटेको छ ।

आज नबिल बैंकको सर्वाधिक सर्वाधिक कारोबार भएको छ । यसको साढे २ करोड बढीको सेयर किनबेच भएको छ ।

आज दुई कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । प्रभु बैंक डिबेन्चर २०८४ र गरिमा डिबेन्चर २०८५ को सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ ।

त्यसैगरी, सेन्चुरी डिबेन्चर २०८८ को ५.८६, बिन्ध्यवासिनी हाइड्रो ५.२६, श्वेत गंगा, तेह्रथुम पावर, आरएसडीसी लघुवित्त र बोटलर्स नेपाल (तराई)का सेयरधनीले ४ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

व्यतीत बीमालेख नवीकरण गर्दा प्राइम लाइफले ५० प्रतिशत छुट दिने Read Previous

व्यतीत बीमालेख नवीकरण गर्दा प्राइम लाइफले ५० प्रतिशत छुट दिने

उपत्यका सडक विस्तार अन्तर्गतका ५ सडकको म्याद थप, यस्तो छ पछिल्लो अवस्था Read Next

उपत्यका सडक विस्तार अन्तर्गतका ५ सडकको म्याद थप, यस्तो छ पछिल्लो अवस्था