दशैं नजिकिँदै गर्दा नेपाल राष्ट्र बैंकमा ठूलो भीडभाड जम्मा हुने गर्दछ । मानिसहरु नयाँ नोटका लागि निकै भौतारिन्छन् । अन्य बैंकहरुमा पनि काम लिएर पुगेका व्यक्तिहरुको चासोको विषय बनेको हुन्छ दशैंको नयाँ नोट ।
बैंकमा पुग्ने हरेक व्यक्तिले एक पटक अवश्य सोध्ने प्रश्न, ‘नयाँ नोट आएको छैन, कहिले देखि बाँड्ने हो ?’ दशैं शुरु भएसँगै राष्ट्र बैंकको गेटमा निकै ठूलो भीड लाग्ने गरेको हामी सबैले हरेक वर्ष देखिरहेका हुन्छौं ।
थापाथलिस्थित राष्ट्र बैंकको भवनबाट नयाँ नोट वितरण हुने गरेको छ । अन्य विभिन्न बैंकदेखि व्यक्तिहरु सबै दशैंको नयाँ नोट लिन राष्ट्र बैंक पुग्ने गर्दछन् । पछिल्ला केही वर्ष कस्तो भइसकेको छ भने दशैंमा नयाँ नोट नै चाहिन्छ भन्ने ‘लहड’ नै शुरु भएको छ । नेपाल राष्ट्र बैंकले पनि दशैंको छेको पारेर हरेक वर्ष बजारमा ठूलो मात्रामा नयाँ नोट पठाउने गरेको छ । अन्य समयमा भन्दा यो समय नयाँ नोट ठूलो मात्रामा बाहिरिन्छ ।
दशैंमा किन निकाल्छ त राष्ट्र बैंकले नयाँ नोट ? के दशैं र नयाँ नोटको कुनै सम्बन्ध छ ?
यसको सोझो उत्तर छैन । तर, अहिले मनोविज्ञान कस्तो भइसकेको छ भने मानिसहरु दशैं आए पछि नयाँ नोटको व्यवस्थापनमा लाग्न थालिहाल्छन् ।
इस्टमित्र र बालबालिकालाई दक्षिणा दिँदा नयाँ नोट दिने प्रचलन बढेको हो । एकप्रकारले हेर्दा नयाँ नोट दशैं संस्कृतिको अभिन्न अंग नै बनेको छ । यसबाहेक दशैं र नयाँ नोट वा राष्ट्र बैंकको त्यस्तो ठूलो सम्बन्ध छैन ।
दशैं र नयाँ नोटको सम्बन्ध भनेको नयाँ कपडा र दशैं भनेजस्तै मात्र हो, जसको एक आपससँग खासै केही सम्बन्ध हुँदैन । पैसा तिरेर सजिलै खरिद गर्न सकिने कपडा दशैंमा अनिवार्य लागाउनैपर्छ भन्ने होइन । यो त केवल मानिसहरुमा रहेको एक प्रकारको भ्रम वा चलिआएको सामान्य चलन मात्रै हो ।

त्यसो त दशैंमा नयाँ कपडा खरिदको क्रममा पछिल्लो समय केही कमी नआएको भने होइन । त्यसैगरी नयाँ नोटसँग पनि दशैंको केही सम्बन्ध नरहेको नेपाल राष्ट्र बैंकका मुद्रा व्यावस्थापन विभाग प्रमुख लक्ष्मीप्रपन्न निरौला बताउँछन् । उनी भन्छन्, ‘इस्टमित्र र बालबालिकालाई दक्षिणा दिँदा नयाँ नोट दिने प्रचलन बढेको हो । एकप्रकारले हेर्दा नयाँ नोट दशैं संस्कृतिको अभिन्न अंग नै बनेको छ । यसबाहेक दशैं र नयाँ नोट वा राष्ट्र बैंकको त्यस्तो ठूलो सम्बन्ध छैन ।’
के दशैंमा मात्र छापिने हो नयाँ नोट ?
राष्ट्र बैंकले दशैंमा जति नयाँ नोट वर्षको अरु कुनै पनि समयमा बजारमा नपठाउने निरौला बताउँछन् । दशैंको समयमा बजार चलायमान रहने हुँदा यो समय राष्ट्र बैंकले सबैभन्दा धेरै नयाँ नोट बजारमा पठाउने गर्दछ । दशैं आउन लागे लगतै बैंकहरुमा निक्षेप निकै बढ्ने गर्दछ ।
पुरानो नोटका कारण मानिसहरुमा विभिन्न प्रकारको रोग समेत निम्त्याउन सक्ने बैंकका कर्मचारीहरु बताउँछन् । पुरानो नोटका कारण मानिसमा क्यान्सरजस्ता रोग निम्तिन सक्ने सम्भावना रहेको कर्मचारीहरु बताउँछन् । राष्ट्र बैंकले हरेक वर्ष पुराना नोट सङ्कलन गरी जलाउने गरेको छ । यसरी बढी भन्दा बढी पैसा चलायमान हुने दशैंजस्तो समयमा भने राष्ट्र बैंकले बढी मात्रामा नयाँ नोट निष्काशन गर्ने गरेको हो ।
यसका साथसाथै किनमेलका लागि पैसा पनि धेरै बजारमा भित्रिने गर्दछ । यही मौका छोपेर नेपाल राष्ट्र बैंकले नयाँ नोट बजारमा धेरै पठाउँछ । नेपाली नोटको आयु लामो समयको नहुनाले पुराना नोट सङ्कलन गरि बजारमा नयाँ नोट बिस्तार गर्नु निकै आवश्यक पनि छ ।

अन्यथा, पुरानो नोटका कारण मानिसहरुमा विभिन्न प्रकारको रोग समेत निम्त्याउन सक्ने बैंकका कर्मचारीहरु बताउँछन् । पुरानो नोटका कारण मानिसमा क्यान्सरजस्ता रोग निम्तिन सक्ने सम्भावना रहेको कर्मचारीहरु बताउँछन् । राष्ट्र बैंकले हरेक वर्ष पुराना नोट सङ्कलन गरी जलाउने गरेको छ । यसरी बढी भन्दा बढी पैसा चलायमान हुने दशैंजस्तो समयमा भने राष्ट्र बैंकले बढी मात्रामा नयाँ नोट निष्काशन गर्ने गरेको हो ।
यसको अर्थ के हो भने नेपाल राष्ट्र बैंकले अरु समयमा पनि नयाँ नोट बैंकहरुमा सर्कुलेट त गरिरहेको हुन्छ, तर दशैंमा चाहिँ उसले निकै धेरै नयाँ नोटहरु निष्काशन गर्छ । यही समयमा नयाँ नोटको माग बढी हुने भएकाले पनि राष्ट्र बैंकले यो समयमा धेरै नयाँ नोट बजारमा पठाउने गरेको हो । त्यसरी पठाउने नयाँ नोट अहिले नै छापिएको भन्ने चाहिँ हुँदैन । ती नयाँ नोट निकै पहिले छापिएका पनि हुनसक्छन् जुन राष्ट्र बैंकको स्टकमा राखिएको हुन्छ ।
नेपाली नोटको आयु कति ?
राष्ट्र बैंकले निष्काशन गर्ने नोटको आयु धेरै लामो नहुने स्वंय बैंकले जानकारी दिएको छ । बैंकले निष्काशन गर्ने ५, १०, २०, ५० र १०० दरका नोटको आयु करिब २ वर्ष हुने गरेको राष्ट्र बैंकले बताएको हो । त्यस्तै ५ सय र १ हजारका नोटको आयु साढे तीन वर्ष हुने गरेको छ । यस अवधिसम्म नोटको प्रयोग गर्दा कुनै समस्या नपर्ने बैंकको दाबी छ । राष्ट्र बैंकले पनि उक्त अवधिपश्चात् ती नोटको सङ्कलन गरि जलान गर्ने गरेको छ ।
त्यस्तै, राष्ट्र बैंकले नयाँ नोट छाप्दा ३ वर्ष ३ महिनाको मागको प्रक्षेपण गर्ने गरेको छ । सोही प्रक्षेपणअनुसार नयाँ नोट छाप्न राष्ट्र बैंकले ग्लोबल टेन्डर आह्वान गरेर विदेशी छापाखानामा पठाउँछ । विभिन्न दरका नोट विभिन्न कम्पनीबाट छापिएका हुन्छन् । नयाँ नोट छाप्न प्रतिपिस डेढ रुपैयाँदेखि दुई रुपैयाँसम्म लाग्ने गरेको राष्ट्र बैंकको भनाई छ ।