३ अर्बको आइपीओ ल्याउन लागेको हिमालयन रि-इन्स्योरेन्सको नाफा झन्डै २८ करोड

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सको गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म झन्डै २८ करोड खुद नाफा कमाएको छ ।

कम्पनीले मंगलबार सर्वजनिक गरेको गत असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार २७ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

गत आवको तेस्रो त्रैमाससम्म इन्स्योरेन्सको १९ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सले ७७ करोड १७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

समीक्षा अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट ४ करोड ३७ लाख रुपैयाँ र अन्य प्रत्यक्ष आयबाट १ करोड २० लाख आम्दानी गरेको छ ।

समीक्षा अवधिमा हिमालयनले बीमा दाबीबापत खुद ३ करोड ३७ लाख रुपैयाँ भुक्तानी दिएको छ भने पुनर्बीमा कमिशन खर्च १६ करोड रहेको छ ।

हाल ७ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १२ करोड ५१ लाख रुपैयाँ र बीमा कोषमा १४ करोड ८१ लाख रुपैयाँ सञ्चित छ। यस्तै, महाविपत्ति कोषमा १ करोड ४३ लाख रुपैयाँ छ ।

चुक्ता पूँजी वृद्धि गर्न हिमालयनले निकट भविष्यमै ३ अर्ब रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने तयारी गरेको छ । आइपीओपछि कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुग्नेछ ।

इष्टर्न हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

इष्टर्न हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

नयाँ स्टक एक्स्चेन्जले ३०% आइपीओ जारी गर्नुपर्ने, न्यूनतम चुक्ता पूँजी कति ? Read Next

नयाँ स्टक एक्स्चेन्जले ३०% आइपीओ जारी गर्नुपर्ने, न्यूनतम चुक्ता पूँजी कति ?