इष्टर्न हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले भदौ ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका भोजपुरवासीका लागि विक्रीमा ल्याएको आइपीओ भर्ने आज अन्तिम दिन हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६ करोड २० लाख रुपैयाँ बराबरको ६ लाख २० हजार कित्ता सेयर विक्रीमा ल्याएको हो ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओमा रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बी प्लस इस्यूअर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले भोजपुरको पिखुवा खोलामा ५ मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

त्रिशूली जलविद्युतले आइपीओको बाँकी पैसा असोज ४ देखि उठाउने, प्रतिकित्ता ८७ रुपैयाँ तिर्नुपर्ने Read Previous

त्रिशूली जलविद्युतले आइपीओको बाँकी पैसा असोज ४ देखि उठाउने, प्रतिकित्ता ८७ रुपैयाँ तिर्नुपर्ने

३ अर्बको आइपीओ ल्याउन लागेको हिमालयन रि-इन्स्योरेन्सको नाफा झन्डै २८ करोड Read Next

३ अर्बको आइपीओ ल्याउन लागेको हिमालयन रि-इन्स्योरेन्सको नाफा झन्डै २८ करोड