इलेक्ट्रीक कारमा ह्याट्रीक गर्दै टाटा, बनाउने भयो सबैभन्दा सस्तो मोडल

काठमाडौं । टाटा मोटर्सले विद्युतीय कार उत्पादनमा ह्याट्रीक गर्ने भएको छ । कम्पनीले यसअघि नै नेक्सन र टिगोर मोडल बजारमा ल्याएर आफ्नो बलियो उपस्थिति बनाई सकेको थियो । अब कम्पनीले पहिलो ह्याचव्याक मोडल ल्याउने घोषणा गरेको हो ।

कम्पनीले यसअघि विक्री गर्दै आएको नेक्सन र टिगोर ईभीको तुलनामा ह्याचव्याक मोडल सस्तो हुने अनुमान गर्न सकिन्छ । किन भने नयाँ आउने ह्याचव्याक कार टियागोमा आधारित रहने छ ।

यसअघि बजारमा आएका दुबै नेक्सन र टिगोर जस्तै टियागो पनि ईभी र आइसी दुबै अप्सनमा बजारमा उपलब्ध हुनेछ । टाटाले आज परेको विश्व ईभी दिवसको अवसर पारेर टियागो ईभी घोषणा गरेको हो ।

टाटा मोटर्सले इभी पोर्टफोलीयो विकासका लागि तीन फेजको अप्रोच बनाएको छ । आगामी वर्षहरुमा टाटाले फरक फरक प्रोडक्ट सेग्मेन्ट, बडी स्टाइल र फरक मूल्यमा आधारित रहेर १० वटा ईभी बजारमा ल्याउने लक्ष्य राखेको छ ।

टियागो ईभीमा नेक्सन र टिगोरमा प्रयोग भएकै जीपट्रोन टेक्नलोजी हुनेछ । टाटाले कमर्शियल सेग्मेन्टमा एक्सप्रेस टी टेक्नलोजीको प्रयोग गर्ने गरेको छ ।

टियागो ईभीको एक्टेरियर अहिले विक्री भइरहेको आईसी इन्जिन मोडलभन्दा धेरै फरक हुनेछ । टियागो ईभीमा पनि टाटाको सिग्नेचर ईभी कलरको रुपमा प्रयोग गर्दै आएको टेल व्ल्यू र डेटोना ग्रे कलर हुनेछ । यसका साथै टाटाको टियागो ईभीको इन्टेरियर र एक्टेरियरमा थुप्रै स्थानमा ब्लु एसेन्टको प्रयोग हुनेछ ।

यसमा हुने इन्ट्रुमेन्ट क्लस्टर टिगोर ईभीकै जस्तो हुनेछ । यसको गियर लिभरलाई रोटर नवले रिप्लेस गर्ने छ । यो कारमा टाटाले ब्याट्रीलाई कहाँ प्लेस गर्छ भन्ने जानकारी दिएको छैन ।

नेपालमा ईभीको २४ वर्ष, सरकारी राजश्वले सधैं किचकिच Read Previous

नेपालमा ईभीको २४ वर्ष, सरकारी राजश्वले सधैं किचकिच

दुई हाइड्रोपावरले आइपीओ निकाल्न अनुमति मागे Read Next

दुई हाइड्रोपावरले आइपीओ निकाल्न अनुमति मागे