दुई हाइड्रोपावरले आइपीओ निकाल्न अनुमति मागे

काठमाडौं । सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीले ७४ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएका छन् । यी दुबै कम्पनीले ७४ लाख कित्ता सेयर आइपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।

दुबै कम्पनी मिलाएर ७४ करोड रुपैयाँ बराबरको ७४ लाख कित्ता सेयर अंकित मूल्यमा जारी गर्नेछन् । जसमध्ये सगरमाथा हाइड्रोपावरले ५४ लाख ८८ हजार कित्ता र माइखोला हाइड्रोपावरको १९ लाख २१ हजार कित्ता सेयर जारी गर्न स्वीकृति मागेको हो ।

सगरमाथाले इलाम जिल्लामा रहेको माई नदीको पानी प्रयोग गर्न सुपर माई एु हाइड्रोपावर आयोजना निर्माण गर्दैछ। आयोजनाको क्षमता ९.९ मेगावाट हो । त्यस्तै, माईखोला हाइड्रोपावरले पनि इलाममा ३ मेगावाटको सुपर माई क्यासकेड आयोजना निर्माण गर्दैछ।

सगरमाथाले भदौ ९ र माइखोलाले भदौ २२ गते आइपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका हुन्। दुवै कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेका छन्।

इलेक्ट्रीक कारमा ह्याट्रीक गर्दै टाटा, बनाउने भयो सबैभन्दा सस्तो मोडल Read Previous

इलेक्ट्रीक कारमा ह्याट्रीक गर्दै टाटा, बनाउने भयो सबैभन्दा सस्तो मोडल

सेयर बजार र बीमालाई पूर्वाधार निर्माणमा जोड्ने सरकारी तयारी Read Next

सेयर बजार र बीमालाई पूर्वाधार निर्माणमा जोड्ने सरकारी तयारी