काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन) मा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । सोही अवधिमा १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँ बराबरको वस्तु नेपालबाट निर्यात भएको छ ।
गत आर्थिक वर्ष २०७८/७९ मा कुल १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । सोही अवधिमा निर्यातको अवस्था २ खर्ब ३ करोड ९ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । यसरी हेर्दा देशको आयातको तुलनामा निर्यात १० गुणा कम देखिन्छ ।
हरेक वर्ष बढ्दै गरेको आयात र घट्दै गएको निर्यातलाई सन्तुलनमा ल्याउनका लागि एक्सपोर्ट फ्रम नेपाल आएको छ । एक्सपोर्ट फ्रम नेपालका सीइओ राज श्रफ हरेक वर्ष आयात भन्दा ८०/९० प्रतिशत कम हुने गरेको निर्यातलाई बढाउनका लागि यो स्थापना भएको बताउँछन् ।
उनले एक्सपोर्ट फ्रम नेपालको माध्यमबाट जोसुकैले सहजै सदस्य बनेर निर्यातका वस्तुहरु ५०/५० प्रतिशत खर्च बेहोरेर पठाउन सक्ने बताउँछन् । विदेशमा हुने अलिबाबा जस्तै नेपालका वस्तु विदेशमा सहजै बेच्नका लागि एउटा सजिलो प्लाटफमको रुपमा यसको स्थापना गरिएको उनले बताए ।
‘एक्सपोर्ट फ्रम नेपालमा नेपालका जोसुकै साना, मझौला तथा ठूला व्यवसायी मेम्बर बनेर आफ्नो गुणस्तर सामानहरु विदेशसम्म सहजै पुराउन सक्नु हुन्छ, उहाँहरुको लागि हामीले एउटा प्लाटफमको रुपमा यसलाई बनाएका छाँै,’ श्रफले भने ।
सन् २०२० मा स्थापना भएको एक्सपोर्ट फ्रम नेपाल कम्पनी हिम टेक इन्क नामक अमेरिकी अनलाईन व्यवसायिक कम्पनीको सहयोगमा सञ्चालनमा ल्याइएको हो । कोभिडका कारण खस्किदै गएको निर्यातलाई साथ दिने सोचका साथ एक्सपोर्ट फ्रम नेपाल सृजना भएको श्रफ बताउँछन् ।
यस्तै विशेष क्षेत्रमा काम गर्दै आएका फुटकर विक्रेता मार्फत उत्पादन हुने पर्यटकीय आकर्षणका वस्तुहरु र नेपालको उत्पादन तथा सेवाहरु विक्री गर्न सकिने (बीटुबी–बीटुसी हाइब्रिड इ–कमर्स ग्लोबल प्ल्याटफर्म हो ।
उनले यो नेपालकै पहिलो एक मात्र निर्यात गर्न सकिने एउटा कम्पनीकै रुपमा स्थापना भएको बताए । नेपाली बजारलाई विश्व बजारसँग जोड्नका लागि नै उक्सपोर्ट नेपालको जन्म भएको उनले बताए । उनले हाल यसमा ५०० बढि व्यवसायीहरु सदस्य रहेको र १५ देशमा निर्यातका लागि काम गरिरहेको बताए । हाल विशेष गरी अमेरिकामा सामान निर्यात गर्ने गरी डिलर सहित सबै तयारी भएर काम भइरहेको उनले बताए ।
उनले यसको माध्यमबाट खरीदार र विक्रेताबीच आइरहेको अन्तरलाई कम गर्ने बताए । निर्यातका लागि समानान्तर रेखामा उभ्याइ सुरक्षित भुक्तानी विधि अपनाउने बताए । डकुमेन्टेसन, प्याकेजिङ, ढुवानी र विश्वसनीय सेवाहरुको लागि पनि यस कम्पनीले आफै काम गर्ने बताए ।
उनले एक्सपोर्ट नेपाल डट कमको प्ल्याटफर्ममा ३ हजार १०० उत्पादन लाइन सहित कुल २३ प्रखु क्याटेगोरी राख्ने लक्ष्य रहेको बताए ।
उनले हरेक व्यवसायी र खरिद कर्तालाई एक्सपर्ट नेपालको माध्यममा आएर यसको भरपुर सहयोग लिन आग्रह गरेका छन् । हाल यसमा जोडिन आउने व्यवसायीहरुको संख्या बढुदै छ ।
एक्सपोर्ट नेपालको माध्यमबाट कसले विक्री गर्न पाउछन् ?
नेपालमा उत्पादन भएको वस्तु तथा सेवाको निर्माण गर्ने व्यक्तिले यसको माध्यमबाट निर्यात गर्न सक्नेछ । नेपाली उत्पादनको वितरक र थोक विक्रेताहरु जो नेपाल बाहिर व्यापार गर्दै आएका छन् उनीहरुले पनि यसको माध्यमबाट वस्तु विक्री गर्न सक्नेछन् ।
नेपालमा उत्पादन हुने ह्याडी क्राफ्ट, घरमै उत्पादन गरिने कुनै पनि नेपाली संस्कार झल्काउने वस्तु, हरेक नेपालमा उत्पादन हुने वस्तुहरु देश अथवा विदेशमा विक्री गरी डेलिभरी गर्नका लागि एक्सपोर्ट नेपालले सहयोग गर्नेछ ।
यसका साथै एक्सपोर्ट नेपालले ‘प्रयास’ कार्यक्रम ल्याएको छ । जसको माध्यमबाट सिपिङ शुल्क नलिई वस्तुहरु निर्यात गर्न सहयोग पुराइने छ । हाल यस सस्थामा ५०० सदस्य रहेका छन् । यसलाई हरेक वर्ष १० प्रतिशतले बढाउदै लैजाने उनको योजना रहेको छ । उनले मेड इन नेपाललाई ब्राण्डको रुपमा विकास गरेर विश्वभर पराउने गरी कार्यक्रमहरु अघि सारिने बताए ।