दराज महोत्सवमा निशुल्क इन्ट्रीदेखि मनोरञ्जनसम्म

काठमाडौं । नेपाली ईकमर्स प्ल्यार्टफर्म दराजले प्रयोगात्मक कार्यक्रम (दराज महोत्सव) घोषणा गरेको छ। कार्यक्रम भदौ २५ (सेप्टेम्बर १०) मा भृकुटी मण्डप गार्डेन काठमाडौंमा आयोजना हुने भएको हो ।

दराजका सबै ग्राहकहरूसँग प्रगाड सम्बन्ध कायम गर्न कार्यक्रम आयोजना गरेको दराजले जनाएको छ । महोत्सवमा सांगीतिक र नृत्य प्रस्तुतिदेखि अन्तरक्रियात्मक खेल, फोटो बुथ, खाना स्टलका साथै बालबालिकाको लागि समर्पित मनोरन्जनात्मक क्रियाकलाप पनि रहने कम्पनीले छन्।

दराज महोत्सवको बारेमा बोल्दै दराज नेपालका प्रमुख मार्केटिङ अधिकृत प्रनयना केसीले भने, ‘दराजमा हामी जति जे अभियान गर्छौं, ग्राहकहरुलाई सधैं प्राथमिकतामा राख्ने गरेका छौ र यो महोत्सव पनि अपवाद छैन ।

दराज महोत्सव एउटा पारिवारिक कार्यक्रम रहोस भन्ने हाम्रो सुरु देखि मनसाय रहेको छ र यो कार्यक्रमले सबै उमेर समूहलाई मध्यनजर गरि विभिन्न गतिविदीहरु समेट्ने प्रयाश गरेको छ,’ उनले भने, ‘धेरै भन्दा धेरै ग्राहकहरुको उपस्तितीको अपेक्षा गर्दै हामीले इन्ट्री पनि फ्री नै गरेका छौ। एति भन्दैमा हामी आशाबादी र उत्साहित छौ कि तपाईंहरुको उपस्थितिले यो महोत्सवलाई एउटा नयाँ उचाईमा पुर्‍याउनेछ।’

दराज महोत्सव सुशान्त केसी, स्वपन सुमन, वाङ्देन शेर्पा र अन्य शीर्ष कलाकारहरूको सांगीतिक प्रस्तुतिको रहनेछ। महोत्सवमा विभिन्न थरिका खाना साथै रमाइलो खेलहरु र आकर्षक वस्तुहरुको प्रदर्शन पनि गरिने कम्पनीले जनाएको छ।

युनाइटेड सिमेन्ट्द्धारा कम्प्युटर र सिलाई मेसिन हस्तान्तरण Read Previous

युनाइटेड सिमेन्ट्द्धारा कम्प्युटर र सिलाई मेसिन हस्तान्तरण

नेप्सेमा गिरावट,यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Next

नेप्सेमा गिरावट,यी हुन् धेरै मूल्य घट्ने कम्पनी