काठमाडौं । युनाइटेड सिमेन्ट्स प्रालिले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत कम्प्युटर तथा सिलाई मेसिन हस्तान्तरण गरेको छ । बुधबार धुनिबेसी ९ को वडा कार्यालयलाई १५ थान सिलाई मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सि हस्तान्तरण गरेको हो ।
नगरपालिका कार्यालयमा एक कार्यक्रम गरेर कम्पनीले उक्त सामग्री हस्तान्तरण गरेको थियो । समारोहमा धुनिबेसी नगरपालिका उप (प्रमुख सुरज उप्रेती, वडा न ९ का अधक्ष माधव प्रसाद सिलवाल, भूपु वडा अधक्ष साहिला राईका साथै विभिन्न संस्था तथा प्रहरी प्रशासनका प्रतिनिधिको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।
उद्योग र समाज एउटै रथका दुइटा पांग्रा जस्तै भएकाले सामाजिक स्तर उन्नति, दिगो विकासका लागि सामाजिक क्षेत्रमा संस्थागत सामाजिक उतरदायित्व बहन गर्दै विभिन्न कार्यक्रम गदै आएको कम्पनीको भनाइ छ ।
कार्यक्रममा युनाइटेड सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले बिगतका दिनहरुमा पनि शिक्षा तथा स्वास्थ्य जस्ता आधारभूत तथा अपरीहार्य क्षेत्रमा सहयोग गर्दै आएको बताए ।
उनले त्यसै वडा कार्यालयको रहोबरमा परिचालन हुने गरी केहि बर्षअघि एम्बुलेन्स हस्तान्तरण गरेको तथा स्वास्थ्य चौकी स्थापनाका निम्ति युनाइटेड सिमेन्ट्सले जग्गा उपलब्ध गराएको स्मरण गराए ।
कार्यक्रममा वडा अधक्ष माधव सिलवालले युनाइटेड सिमेन्ट्सको यो कार्य एकदमै प्रसंशनिय रहेको बताए । ललितपुरको लेलेमा रहेको आफ्नै चुनढुंगा खानी तथा धादिंगमा रहेको उद्योगबाट युनाइटेड सिमेन्ट्सले ७ वर्षदेखि गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको छ ।
युनाइटेड सिमेन्ट्सले बहन गर्नुपर्ने संस्थागत सामाजिक उतरदायित्व बहन गरेको र समाजको तथा स्थानियवासीको हितमा हुने विभिन्न कार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ ।