काठमाडौं । बिहीबार पनि सेयर बजारमा सामान्य गिरावट आएको छ । पछिल्लो समय लगातार ओरालो लागिररहेको नेप्से परिसूचक यसदिन २.१३ अंकले घटेर १९३७.७४ को बिन्दुमा रोकिएको हो ।
कारोबारमा आएका उपसमूह मध्ये ७ वटाको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य बढेको छ । आज अन्य समूहका लगानीकर्ताले १ प्रतिशत बढीले कमाएका छन् भने फाइनान्स र विकास बैंक समूहको सेयर मूल्य १ प्रतिशत बढीले बढेको छ ।
यसदिन हिमालयन एभरेष्ट कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको १३ करोड रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ । यसैगरी,
रिडीपावर कम्पनीको साढे ४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सामान्य अंकले घटेको बजारमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र मल्टिप्रर्पोज फाइनान्स कम्पनीको सेयर मूल्य ४ प्रतिशत बढीले बढेको छ । यसदिन सबैभन्दा धेरै गुमाउनेमा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् ।
यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत बढीले घटेको छ । दोस्रोमा अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्यमा साढे ५ प्रतिशतले गिरावट आएको छ ।