२० अर्ब रुपैयाँ बजारमा पठाउदै राष्ट्र बैंक

काठमाडौं । लगानीयोग्य रकम अभाव बढेपछि नेपाल राष्ट्र बैंकले बुधबार २० अर्ब रुपैयाँ बैकिङ प्रणालीमा पठाउने भएको छ । राष्ट्र बैंकले सो रकम रिपो मार्फत प्रवाह गर्ने भएको हो ।

गतवर्षदेखि तरलता अभाव भोगिरहेका बैंकहरुले अपेक्षा अनुसार निक्षेप संकलन गर्न सकेका छैनन् । सोही कारण बैंकहरुमा अहिले निक्षेप खोसाखोसको अवस्था सिर्जना भएको छ ।

राष्ट्र बैंकले बजारमा तरलता अभाव बढेपछि वित्तीय प्रणालीमा रकम रिपो मार्फत प्रवाह गदै आएको छ । यो रिपो दुई हप्ताको लागि जारी गरिएको हो। भदौ २३ गते आज जारी गरेको रिपो असोज ६ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोल मार्फत् जारी हुने सो रिपोको क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडीङ मार्फत् खरिद गर्न सक्नेछन्।

सिवाईसी नेपाल र आँधिखोला लघुवित्तले मर्जर प्रस्ताव पारित गदै Read Previous

सिवाईसी नेपाल र आँधिखोला लघुवित्तले मर्जर प्रस्ताव पारित गदै

९० दिनभित्र भवन र ३५ दिनभित्र पर्खालका नक्सा पास गर्न महानगरको अल्टिमेट Read Next

९० दिनभित्र भवन र ३५ दिनभित्र पर्खालका नक्सा पास गर्न महानगरको अल्टिमेट