काठमाडौं । काठमाडौं महानगरपालिकाले ९० दिनभित्र भवनका र ३५ दिनभित्र पर्खालका नक्सा पास गर्न समय दिएको छ । महानगरले नक्सा पास नगरी बनेका घर तथा भवनको नक्सा ९० दिनभित्र पास गरिसक्न म्याद दिएको हो ।
सूचना जारीगदै महानगरले आफ्नो क्षेत्रभित्र निर्माण भएका अनधिकृत संरचनाको नक्सा पास नगरे भत्काउने चेतावनी दिएको छ । महानगरपालिकाले सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भएपनि भवनको पनि नक्सा पास गर्नुपर्ने बताएको छ ।
मापदण्ड अनुकूल रहेका तर, नक्सा पास नगरी बनेका भवन वा घरको नक्सा ९० दिनभित्र पास गर्न अनुरोध गरेको छ ।